पूर्वमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले गरे बुढेसकालमा तेस्रो पटक सुटुक्क बिहे

बुढेसकालमा तेस्रो पटक बिहे गर्ने जाँगर चलाए पूर्वमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले, सुटुक्क गरे यत्रो तामझाम

पाेखरा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने निर्णाय लिए । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् ।आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरे । टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको थियो ।

यद्यपी बिहेको मिति र बधुको नाम भने सार्वजनिक भएकाे छैन । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको क्यान्सरको कारण निधन भएपछि उनले तेस्रो पटक विवाह गर्न लागेको बुझिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा सार्वजानिक भएकाे छ ।

प्रकाशित मिति July 9, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।