५३ बर्षमा पनि असाध्यै बाेल्ड छिन् ‘धक धक गर्ल’ माधुरी (फोटो फिचर)

माधुरी दिक्षित बलिउडकी चर्चित अभिनेत्री हुन् । उनकाे अभिनय सँग उनकाे सुन्दरताकाे पनि चर्चा हुने गर्छ ।

हालै माधुरीले आफ्नो इन्स्टाग्राममा केही तस्विरहरु पोष्ट गरेकी छिन् । यि तस्विरहरुमा उनको सुन्दरता झल्किएको छ । माधुरीले फोटोमा यलो कलरको ड्रेस लगाएकि छिन् । उनले अलग अलग पोज र स्टाईलमा फोटो खिचाएकी छिन् । फोटोमा उनले यलो कलरको शरारा लगाएकी छिन् । यो शरारा ड्रेसमा मिरर वर्क देखिएको छ ।

उनले फाइन डिफाइन मेकअप साथै कपाल पनि खुला राखेकि छिन् । उनले फोटोमा धेरै गहनाहरु लगाएकी छिन् । गलामा जडाउ चोकर साथै म्याचिंग इयरिंग पनि लगाएकी छिन् ।

माधुरीको यो फोटोहरु केही घण्टा मै लाखौं फ्यानले मन पराएका छन् र कमेन्टको वर्षात नै भएको छ । माधुरी दिक्षितको लुक मानिसहरुले ज्यादै मन पराएका छन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका तस्विरमा दर्शकहरुले निकै राम्रा प्रतिकृयाहरु दिएका छन् ।

प्रकाशित मिति April 6, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।