यी ४ राशि भएका व्यक्ति: जो एकान्तमा बस्न रूचाउँछन्

दुनियाँमा मानिसहरु आ-आफ्नै साथीभाई र ईष्ट मीत्र हुन्छ । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् । भने कोहि कम हुन्छन् ।

शास्त्रअनुसार कोहि मानिसहरको आ आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ । जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ । यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक फरक हुने गर्छ । फरक फरक राशिकै आधारमा मानिसहरुको स्वाभाव हुन्छ ।

राशिकै आधारमा मानिसहरु कोहि अन्य मानिससंग घुलमेल हुन रुचाउछन् । भने कोहि मानिस एक्लै बस्न रुचाउछन् ।

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिहरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन्। कोहि नचिनेको व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन।

कन्या राशि : यी राशी भएका मानिस लजालु स्वभावका हुन्छन किनकि यो राशिमा ग्रह नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी राशि भएका व्यक्तिलाई आफ्नो घर बाहेक अन्त बस्न मन पर्दैन ।

मकर राशि : मकर राशि भएका मानिसलाई एक्लै बस्न मनपर्छ। यी राशि भएका मानिस अरुसंग घुलमिल हुन त्यति रुचाउदैनन्। किन कि यी मानिसको स्वभाव लजालु हुन्छ। यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरुसँग बस्न रुचाउछन्।

मिन राशि : एक्लै बस्नु यी राशी भएका व्यक्तिको सबै भन्दा ठुलो बल हो। यिनीहरु दिनमा पनि सपना देख्छन् र आफ्नै दुनियामा हराउछन्।

यो पनि – यी ५ संकेत हुने मानिस बुद्धिमान हुन्छन् !

संसारभरका मानिसमा सबैमा अलग्गै विशेषता हुन्छ । मार्कसिटमा हुने अंकको आधारमा व्यक्ति कत्तिको बुद्धिमान छ भन्ने जान्न सकिंदैन ।

किनकी हरेक मानिस कुनै एउटा पाटोमा बुद्धिमान हुन्छ । दिमागको भाग र कामलाई विभिन्न वैज्ञानिकले अलग अलग काम तथा हिस्सामा बाँडेका छन् ।

कसैले दिमागलाई तीन भागमा बाँडेका छन् त कसैले छ भागमा । तर, जुनसुकै हिसाबले बाँडेतापनि हरेक व्यक्तिको दिमाग कुनै एउटा भागमा सक्रिय पाइन्छ ।

प्राय स्कुलहरुमा राम्रो अंक ल्याउने विद्यार्थीहरु अगाडी बेञ्चमा बस्ने गर्छन् । अगाडी बस्ने विद्यार्थीहरुलाई बुद्धिमान भनिन्छ । तर, वास्तवमा अगाडी बेञ्चमा बस्ने विद्यार्थी भन्दा पछाडी बस्ने विद्यार्थी बुद्धिमान हुन्छन् ।

अगाडी बस्ने विद्यार्थीहरु अरुले सिकाएको कुरा टिप्न सक्ने हुन्छन् तर पछाडी बस्ने विद्यार्थीहरु जिन्दगीको जुनसुकै लडाई लड्न सक्ने हुन्छन् । उनीहरुमा एकै पटक धेरै काम गर्ने क्षमता समेत हुन्छ ।

बुद्धिमान व्यक्तिहरु खुशी देखिन्छन् । उनीहरु मुस्कुराउन मन पराउँछन् र अरुलाई पनि हाँसेको हेर्न चाहन्छन् । पीरमा परेको व्यक्तिलाई समेत उनीहरु हँसाउने प्रयास गर्छन् ।

तर पनि उनीहरु कुनै चिन्तनमा पनि डुबेका हुन्छन् । बुद्धिमान व्यक्तिहरु धेरै सोंच्छन् । उनीहरु कुनै कुराको विश्लेषण गर्ने र निर्णय लिंदा धेरै सोंचेर लिने किसिमका हुन्छन् ।

बुद्धिमान व्यक्तिहरु आफूलाई माया गर्ने, आफैमा हराउन सक्ने हुन्छन् । उनीहरुलाई साथी नभएतापनि दिन काट्न समस्या हुँदैन । एउटा पुस्तक पढेर नै उनीहरुले आफ्नो दिन काट्न सक्छन् ।

उनीहरु रचनात्मक हुने हुनाले आफू भित्र हरेर कुनै कुरामा डुब्छन्, जसले गर्दा उनीहरुलाई साथीको अभाव महसुस हुँदैन । धेरैजसो बुद्धिमान व्यक्तिहरु देब्रे हात प्रयोग गर्ने हुन्छन् ।

यो पनि- श्रीमानको अगाडि नगर्नुहोस् यी १७ कुरा
विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ ।

श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने कुरा

– उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।
– कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
– कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

– समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।
– बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
– आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

– श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
– श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।
– आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।
– आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

– श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
– श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
– अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
– श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

– श्रीमानको पसिना ख्याल गर्नु ।
– घरबाट बाहिर निस्कनुअघि श्रीमानको कपडा ख्याल गर्नु ।
– शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु

प्रकाशित मिति April 4, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।