एक युवतीसँग दुई युवकको प्रेम, कसरी सुत्लान राती ?

यो दुनियाँमा कहिलेकाहीँ पत्याउने नसकिने घटना हुन्छन् । ब्राजिलमा त्यस्तै भएको छ । दुईजना ब्राजिलियन युवकहरुले एउटै युवतीलाई मन पराए र दुवैले प्रेम प्रस्ताव पनि राखे । अचम्म त के भने ती युवतीले दुवै युवकको प्रेम प्रस्ताव स्वीकार गरिन् ।

त्यसपछि ती युवतीको प्रेम सम्बन्ध दुवै युवकसँग रह्यो । लामो समयसँगै बिताएसँगै अब उनीहरुले बच्चा जन्माउने योजना बनाएका छन् ।

आफूहरुको सम्बन्ध निकै रोचक तथा गहिरो रहेको बताउँछन् उनीहरु । आफूहरुको बीचमा कुनै पनि समस्या नरहेको दाबीसमेत गर्दछन् । उनीहरु एकसाथ घुम्न निस्किन्छन्, खानपिन गर्दछन्, राति संगै सुत्ने गर्छन्, सहवासमा पनि उनीहरु पालैपालो बार अनुसारको संग कति दिन बस्ने मिलाएका छन् । डेढ वर्षदेखि डेटिङमा छन् । उनीहरु अब आफ्नो भविष्यको बारेमा सोँच्न थालेका छन् र तिनैजना मिलेर एक बच्चा जन्माउने योजना बनाएका छन् ।

युवतीको नाम ओल्गा हो । युवकहरुको नामचाहिँ डिनो र सोलो हो । डिनोका अनुसार एक दिन आफ्नो मित्र सोलोसँग बार्सिलोना फुटबल खेल हेर्न गएको बेला ओल्गासँग भेटघाट र चिनजान भएको थियो । त्यसपछि दुवैजनाले ओल्गालाई खानपिनका लागि आमन्त्रण गरे र त्यहीँबाट उनीहरुको प्रेमकथा सुरु भयो ।

तिनैजना बीच राम्रो तालमेल छ । उनीहरुको यस्तो त्रिकोणात्मक सम्बन्धका बारेमा थाहा पाउँदा सुरुमा उनीहरुका परिवारले स्वीकार गरेनन् । तर समयसँगै परिवारजनले सम्बन्धलाई स्वीकारे । समाजसँग जुध्दै अहिले उनीहरुले सँगै भविष्यको सुखद योजना बुनरिहेका छन् ।

प्रकाशित मिति April 4, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।