शे-फोक्सुण्डो तालमा एउटै ब्ल्याङ्केट भित्र अनमोल र सुहाना [भिडियो]

पछिल्लो समय चलचित्र निर्माणका लागि निर्माण समुहले निकै मेहनत गर्ने गरेको छ ।

त्यसैले पछिल्ला समय बनेका चलचित्रहरुमा निकै राम्रा दृष्य देखिन्छन् भने प्राविधिक रुपमा पनि उत्कृष्ठ चलचित्र बन्न थालेका छन् । त्यसको उदाहरण झरना थापाको ब्यानरलाई लिन सकिन्छ । उनको ब्यानरमा बन्ने फिल्ममा कलाकारहरुले धेरै नै मेहनत गरेको देखिन्छ ।

अहिले झरनाको ब्यानरले ‘ए मेरो हजुर ४’ निर्माण गरिरहेको छ । त्यसका लागि यो समुह से फोक्सुण्डो ताल पुगेको छ । यसको टाइटल गीत छायांकनका लागि गरिएको मेहनत पनि प्रशंसायोग्य छ । चलचित्र छायांकनका लागि आवश्यक पर्ने सामग्री घोडा, खच्चडलाई बोकाएर लगिएको छ भने कलाकारहरु पनि पैदल यात्रामा त्यहाँ पुगेका छन् । त्यहाँको वातावरण निकै चिसो र सिरेटो चल्ने खालको छ ।

यसअघि पनि हिउँले ढाकिएको ठाउँमा पुगेर झरनाकी छोरी सुहाना र भुवक केसीका छोरा अनमोलले निकै मेहनत साथ फिल्मको छायांकन गरेका थिए । त्यसको भिडियो सार्वजनिक भएको थियो । ए मेरो हजुरको टाइटल गीत हिउँमा छायाँकन गरिएको थियो । अहिले पनि त्यस्तै मेहनत गरेर फिल्मको गीत छायांकन गरिएको छ । उक्त चलचित्रले सामाजिक संंजालमा निकै नाम कमाएकाे छ । उक्त चलचित्र सामाजिक संजालमा निकै भाइरल भएकाे छ ।

चिसो यति थियो की एक सिनको छायांकन सकिएपछि अनमोल र सुहानालाई फिल्म निर्माताले एउटै कम्बल ओढाउने गरेका थिए । मुटु कमाउने जाडो र सिरेटोमा निकै पातलो लुगा लगाएर छायांकन गरिएको देखिन्छ । झरना र भुवनले आफ्ना छोरा छोरीलाई फिल्मको लागि निकै मेहनत गर्न अभिप्रेरित गरेको देखिन्छ ।

भिडियोमा हेराैँ

प्रकाशित मिति April 3, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।