मोडलिङमा भविष्य खोज्दै बबिता कार्की (फाेटाे फिचर)

पछिल्लाे समय सामाजिक संजालमा हट तथा बाेल्ड फिगरका कारण निकै चर्चित कमाइरहेका छन् र दर्शकले त्यस्तै तस्विर र भिडियाे मन पराउने हुनाले माेडलहरुले बाेल्ड फाेटाे शुट गर्न बाध्य भएका छन् ।

यसैक्रममा तेह्रथुमको फेदाप १ पोक्लाबाङमा जन्मिएकी बबिता कार्की मोडलिङ्ग र फिल्मी क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् ।

एसएलसी सकिएपछि थप अध्ययनको लागि झापाको विर्तामोडमा आएकी कार्कीले केही टेलिफिल्म र म्युजिक भिडिओमा काम गरिसकेकी छिन् । सानैदेखि यो क्षेत्रमा आउने चाहना भएपपनि आफन्त वा कोहिपनि यो क्षेत्रमा नभएको हुनाले आफ्नो परिवारसँग म यो क्षेत्रमा काम गर्छु भन्नलाई लामो समय लाग्यो ।

५ फिट ७ इन्च उजाइ भएकी कार्कीले अहिले एक म्युजिक भिडिओमा अभिनय गरेकी छन् । उनले आफूलाई अहिले धेरै म्यूजिक भिडियोमा खेल्नको लागि अफर आइरहेको बताइन ।

फिल्म क्षेत्रमा लाग्ने धेरै नवप्रवेसीहरु यो क्षेत्रमा देखा परेर हराउने गरेका छन् । हेरौं कार्कीले यो क्षेत्रमा आफूलाई कतिसम्म स्थापित गर्न सकिन्छन् । उनी कलाकारिता क्षेत्रमा अघ बढ्नका लागि लागिपरेकी छन् ।

प्रकाशित मिति April 3, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।