बेल्जियम पुगेर खुलेकी गरिमा (फोटो फिचर)

कुनै बेलाकी चर्चित अभिनेत्री हुन् गरिमा पन्त । उनी अहिलेकाे समयमा चलचित्र क्षेत्रमा खासै नदेखिएता पनि उनकाे सुन्दर लुक्सका कारण सामाजिक संजालमा चुलिरहेकी हुन्छिन् । उनी सामाजिक संजालमा भने निकै संक्रिय रहन्छिन् । उनले शेयर गरेका तस्विरमा दर्शकले निकै राम्रा प्रशन्सा गरिरहेकाे छन् ।

लामो समय फिल्मी दुनियाबाट हराएकी पन्त अहिले बेल्जियमका विभिन्न ठाउँमा खुलेर रमाउँदै गरेका तस्बिर सामाजिका सञ्जालमा भाइरल भएका छन् ।

कुनै बेलाकी सोझी अभिनेत्री विवाह पश्चात निकै बोल्ड हुँदै गएकी छिन् । उनले हालै छोटा–छोटा कपडा लगाएर घुमफिर गरेका तस्वीरहरु सार्वजनिक गरेकि छिन् । नेपाली चलचित्रमा नदेखिए पनि उनी सामाजिका सञ्जालमा देखिने गरेकी छिन् ।

गरिमा पन्तले अभिनय गरेका चलचित्र ‘तिन घुम्ती’, ‘ठुली’ ‘झोला’ लगायत चलचित्र सुपरहिट भएका छन् भने उनको नेपाली सत्य कथामा आधारित चलचित्र ‘झोला’ बाट उनले उत्कृष्ट सार्क अभिनेत्री अवार्ड हात परेकी थिइन् ।

उनी बिवाह गरेर बेल्जियम पुगेपछि उनि निकै खुल्न थालेकी छन् ।

प्रकाशित मिति March 31, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।