होलीमा असाध्यै ‘सेक्सी’ लुक्समा देखिइन् सुहाना (फोटो फिचर)

आज फागू पूर्णिमा पहाडी भूभागमा आज होली मनाइएतापनि भोली मधेसका विभिन्न जिल्लामा होली मनाइदैछ । यसपटक नेपाली चलचित्रका कलाकारहरुले होलीमा ठूलो चहलपहल गर्न पाएनन् ।

अघिल्ला बर्षमा होलीको समयमा चलचित्रको प्रमोशनका लागि विभिन्न कार्यक्रममा दौडधुप गर्ने कलाकारहरुले यसपटक भने परिवारसँग नै होली मनाए । नायिका सुहाना थापाले पनि आफ्नो परिवारसँग होली मनाएकी छिन् ।

उनले, आफ्नो निवास नयाँ बाँनेश्वरमा निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापासँग होली मनाइन् । साथमा परिवारका अन्य केही सदस्यहरुसँग मात्र उनले होली मनाएको तस्वीर सार्वजनिक गरेकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ४’को एउटा गीतको छायांकन सकेर काठमाण्डौ फर्किएकी सुहानाले यसपटकको होली परिवारसँग मात्र मनाउन पाउँदा पनि खुशी लागेको बताइन् । उनले सार्वजनिक गरेका तस्बिरमा उनि फरक लुक्समा देखिएकी छन् । जहाँ उनि निकै सुन्दर र बोल्ड देखिएकी छन् ।

प्रकाशित मिति March 28, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।