चाडपर्वमा सरकारी कर्मचारीलाई खर्च दिनुभन्दा कृषकलाई खर्च दिनु पर्छ – जनार्दन शर्मा

सत्तारूढ नेकपाका सांसद जनार्दन शर्माले समितिमा पेन्सनवाला राष्ट्रसेवकहरूलाई पेन्सनबाहेक चाडपर्व खर्च दिन नहुने प्रस्ताव गरेका हुन् । ‘किसानले समेत जीवनभर राज्यका लागि योगदान गरेको हुन्छ । तर, उनीहरूले राज्यबाट केही सुविधा पाउँदैनन् । किन कर्मचारीहरूलाई मात्र पेन्सन पाकिसकेपछि पनि चाडपर्व खर्च दिइरहने ?’ शर्माको प्रश्न थियो ।

पेन्सनसँगै चाडपर्व खर्चसमेत दिनु राज्यका लागि बोझ हो । तर, अवकाशवाला राष्ट्रसेवकहरूले लामो समयदेखि खाइपाइ आएको सुविधा हटाउँदा सरकारविरुद्ध नकारात्मक भावना सञ्चार हुन सक्छ, त्यसैले यसमा थप छलफल गर्नुपर्छ’ उनले भनिन् ।

कांग्रेसकी सांसद डिला संग्रौलाले शर्माको प्रस्तावमाथि समर्थन जनाउँदै पेन्सनवाला राष्ट्रसेवकलाई चाडपर्व खर्च समेत दिनु राज्यका लागि बोझ भएको बताइन् । ‘पेन्सनवालालाई समेत चाडपर्व खर्च दिने व्यवस्था राज्यका लागि बोझ हो । ऐनबाट यस्तो सुविधा हटाइनुपर्छ’ उनले भनिन् । समितिका सदस्यहरू नवराज सिलवाल, राजकिशोर यादव, अमरेशकुमार सिंहलगायतले समेत शर्माको प्रस्तावको समर्थन गरे ।

नेकपाकी सांसद पम्फा भुसालले भने पेन्सनवालाको चाडपर्व खर्च रोक्नु नहुने धारणा राखिन् । उनले चाडपर्व खर्च रोक्दा सरकारविरुद्ध नकारात्मक भावना सञ्चार हुने तर्क गरिन् । ‘पेन्सनसँगै चाडपर्व खर्चसमेत दिनु राज्यका लागि बोझ हो । तर, अवकाशवाला राष्ट्रसेवकहरूले लामो समयदेखि खाइपाइ आएको सुविधा हटाउँदा सरकारविरुद्ध नकारात्मक भावना सञ्चार हुन सक्छ, त्यसैले यसमा थप छलफल गर्नुपर्छ’ उनले भनिन् ।

सकारले वि.सं २०१३ देखि अवकाशप्राप्त राष्ट्रसेवकहरूलाई पेन्सन दिन थालेको हो । सरकारले पेन्सनवालालाई समेत अन्य कर्मचारी सरह दसैं या चाडपर्व खर्चबापत एक महिनाको तलब बराबरको सुविधा दिंदै

समितिकी सभापति शशी श्रेष्ठले पेन्सनवालालाई चाडपर्व खर्च दिने व्यवस्थालाई निरन्तरता दिने या नदिने विषयमा थप छलफल आवश्यक देखिएको उल्लेख गर्दै सामान्य प्रशासन मन्त्रालयलाई यसमा सरकारको धारणा ल्याउन निर्देशन दिइन् ।

सरकारले वि.सं २०१३ देखि अवकाशप्राप्त राष्ट्रसेवकहरूलाई पेन्सन दिन थालेको हो । सरकारले पेन्सनवालालाई समेत अन्य कर्मचारी सरह दसैं या चाडपर्व खर्चबापत एक महिनाको तलब बराबरको सुविधा दिंदै आएको छ । समितिमा विचाराधीन संघीय निजामति कर्मचारीसम्बन्धी विधेयकमा समेत उक्त व्यवस्थालाई कायम राखिएको छ ।

प्रकाशित मिति July 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।