नायिका उर्वशी रौतेलाको ‘सेक्सी’ भिडिओले मच्चायो तहल्का [भिडियोसहित]

र्वशी रौतेला आफ्नो फेसनका साथै फिटनेसका लागि पनि परिचित छन् । अभिनेत्री उर्वशी रौतेला हमेसा लुक्स र सौन्दर्यको कारणले चर्चामा रहने गर्दछिन् । उनी फ्यानका लागि सामाजिक सञ्जालमार्फत ग्ल्यामरस तस्बिर समेत सार्वजनिक गरिरहन्छिन् । हालै उनले आफ्नो इस्टाग्राम मार्फत एक भिडिओ शेयर गरेकी छन् । जसलाई फ्यानले लाइकका वर्षा गराएका छन् ।

म्यासी हेयरस्टाइल र मिनिमल मेकअपमा उनी झन् आकर्षक देखिएकी छन् । हर कोही घायल हुने उनको लुक्स रहेको छ ।

फ्यानले तस्बिरलाई कमेन्ट र तारिफ गरिरहेका छन् ।उर्वशी हालै फिल्म ‘वर्जिन भानुप्रिया’मा देखिएकी थिइन् । यसको अलावा उनी म्युजिक भिडियो ‘वो चाँद कहा से लाओगी’ मा पनि देखिएकी थिइन् ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो पनि – एकै ठाउँमा भेला भए कलाकार, भुवन र जियापनि सँगै
कुनैबेला नेपाली चलचित्रमा दबदबा बनाएका नायक/नायिका हुन् भुवन केसी, सरोज खनाल, गौरी मल्ल, विपना थापा, सनी रौनियार अनि निरुता सिंह । उनीहरु एकै थलोमा भेला भई नाँचे गाए अनि झुमे ।

सञ्चारकर्मी सुशील नेपालको व्यवस्थापनमा नयाँ खुलेको जापानिज रेष्टुरेन्ट माट्सुरी टोकियोमा पुराना कलाकारहरुले मस्ती गरेका हुन् । त्यहाँ भुवन केसी र सरोज खनाल खुबै नाँचेका थिए । गौरी मल्लले गीत गाएकी थिइने् ।

निरुता सिंह, सनी रौनियार र विपना थापाले नाँचगान गरे । उनीहरु लामो समयपछि एकैथलोमा भेला भएका हुन् ।

विपना भारतीय पुरुषसँग घरजम गरी बस्दै आएकी छिन् । उनी हालै नेपाल आएकी हुन् । अमेरिकी नागरिक भइसकेका सरोज खनाल पनि बेला बेलामा नेपाल आइरहन्छन् । सनी रौनियार लामो समययता सार्वजनिक रुपमा देखापरेकी थिइनन् ।

प्रकाशित मिति March 25, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।