फिल्म हलको सबैभन्दा अगाडि जोडीको लीला, भिडियो बन्यो भाइरल

काठमाडौं- फिल्म हलको सबैभन्दा अगाडि पर्दाकै छेउमा एक जोडीको यौ -न क्रि या क्यामेरामा रेकर्ड भएको छ । उनीहरुले सिनेमाघरभित्र छिरेर पपकर्न र ड्रि-कसमेत लिएर हलमा गएर यस्तो हर्कत गरेका थिए ।

लकडाउनले बन्द अवस्थामा रहेको रुसको सेन्ट पिटसबर्ग शहरको साउथ पोल सपिङ सेन्टरमा रहेको किनोग्राद सिनेमा हलमा यो जोडी रातको समयमा छिरेका थिए ।सीसीटिभी फुटेजमा यो जोडीले खानाको काउन्टरबाट पपकर्न र ड्रिं-क्स लिएको समेत देख्न
सकिन्छ ।

फुटेजमा यो जोडी स्क्रिनिङ हलमा प्रवेश गरेको र त्यसपछि हलको अघिल्लो लाइनमा आरामसँग यौ न क्रि यडा गरेको देख्न सकिन्छ । उनीहरु रातभर त्यहीँ बसेका थिए । भोलिपल्ट बिहान पनि यो जोडी सुरक्षा गार्डको नजरमा नपरी यहाँबाट बाहिर निस्किए ।

द सनको रिपोर्टअनुसार भोलिपल्ट बिहान त्यहाँबाट निस्कनुअघि यो जोडीले त्यहाँको सबै फोहर सफा गरेर निस्किएको सिनेमाघरका एक प्रवक्ताले बताए । स्थानीय मिडियाका अनुसार सिनेमा हलले यो जोडीलाई हलबाट निस्किनुअघि सम्मानपूर्वक त्यहाँको फोहर सफा गरेर निस्किएकोमा एउटा विशेष स्क्रिनिङको लागि टिकट दिने बारेमा सोचिरहेको छ ।

यद्यपि धेरैले यो घटनाले त्यो सपिङ मलमा सुरक्षाको चि-न्ता बढाएको भन्दै यो जोडीलाई पुरस्कृत गरिनुभन्दा द ण्डि-त गरिनुपर्ने बताएका छन् ।

यो पनि – ३ हजार वर्ष पुरानो सुनको मास्क भेटिएपछि हंगामा

पुरानो सुनको मास्कले अहिले सामाजिक संजालमा तरंग ल्याएको छ । यो ३ हजार वर्षभन्दा पुरानो मास्क सामाजिक संजालमा अहिले सर्वत्र चर्चामा छ । यो मास्कको खोजी हालै मात्रै चीनको सिचुआन प्रान्तमा भएको हो ।

सिचुआन प्रान्तमा खोजी गरिएका ५ सय भन्दा धेरै प्राचीन कलाकृतिहरुमध्ये यो मास्क पनि एक हो । सुनको मास्क समेत यी कलाकृतिहरु सेनसिंगडुइ आर्कियोलोजिकल साइटमा भेटिएका थिए ।

विशेषज्ञहरुका अनुसार यो खोजबाट प्राचीन शु राज्यको संस्कृति र त्यस समयका मानिसहरुको रहनसहन जान्न सहयोग मिल्नेछ । शु राजवंशले इसापूर्व ३१६ मा यो क्षेत्रमा राज गरेको थियो । यही क्षेत्रलाई अहिले सिचुआन प्रान्तको रुपमा चिनिन्छ । यहाँ भेटिएका ५ सयभन्दा धेरै कलाकृतिहरुमध्ये आधा अनुहार र नाक ढाक्ने यो सुनको मास्कको सामाजिक संजालमा सबैभन्दा धेरै चर्चा छ ।

यो नयाँ खोजसँगै चीनको माइक्रोब्लगिङ साइट विबोमा सुनको मास्कका विषयमा मिमहरु ओइरिन थाले । मानिसहरु यो मास्कलाई चर्चित पात्रहरुको अनुहारमा राखेर तस्वीरहरु पोस्ट गर्न थाले । सुपरहिरो फिल्मका पात्रहरुको अनुहारमा पनि यो मास्क राखेर फोटो बनाइयो । सुनको मास्कको भव्यता र सुन्दरता देखेर सामाजिक संजाल प्रयोगकर्ताहरु मोहित भएका छन् ।

चीनको सबैभन्दा अहम आर्कियोलोजिकल साइट मानिने सेनसिंगडुइको संग्रहालयका अधिकारीहरुले पनि सामाजिक संजालमा छाएका मिमहरुको मजा लिए । विबोमा संग्रहालयको तर्फबाट भनिएको छ ‘शुभप्रभात, हामी भर्खर ब्युँझिएका छौं । यस्तो लाग्छ सबै कुनै न कुनै फोटोशपिङमा व्यस्त छन् ।’ संग्रहालयको तर्फबाट पनि विबोमा आफ्नो मिम अपलोड गरिएको छ । यसका अलावा संग्रहालयले मास्कसहित अन्य कलाकृति देखाउँदै प्रवद्र्धनात्मक भिडियो पनि जारी गरियो ।

सुनको मास्कको साथमा सेनसिंगडुइ आर्कियोलोजिकल साइटबाट काँस्य कलाकृति र हात्तीको दाँतमा कुँदिएका कलाकृति पनि खोजी गरिएका छन् । सेनसिंगडुँइमा रहेका प्राचीन भग्नावशेषबारे सन् १९२९ मा एक किसानले पत्ता लगाएका थिए ।

प्रकाशित मिति March 23, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।