नायिका दिशा पटानीको हट अवतारले बलिउडमा हलचल, हेराैँ १५ तस्बिर

बलिउड अभिनेत्री दिशा पटानीले प्रेमी टाइगर श्राफसँग मालदिभ्समा आनन्द लिइरहेकी तस्बिर निकै भाइरल भए । यही क्रममा उनले बि-किनी लगाएको तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो तस्वीरमा दिशा पटानी रातो बि-किनीमा देखिएकी छिन् । दिशाको उक्त तस्वीरमा टाइगर श्राफकी आमा आयशा श्राफले पनि प्रतिक्रिया दिएकी छिन् । आयशाले दिएको प्रतिक्रियाले सबैको ध्यान तानेको छ । प्रतिक्रियामा उनले दिशाको नाममा निकनेमको प्रयोग गरेकी छिन् ।

आयशाले दिशाको तस्वीरमा कमेन्ट दिदैँ लेखेकी छिन्, ‘वाह दिशु’ । दिशाको फोटोमा कमेन्ट गर्दै टाइगरको बहिनीले लेखेकी छिन्, ‘दिशा म तिमीसँग फेरी एकपटक तालिम गर्न धेरै उत्सुक छु ।’

दिशा पटानीलाई सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मा देखिन सकिनेछ । यस फिल्मको निर्देशन प्रभुदेवाले गरेका छन् ।

फिल्म ‘कबीर सिंह’ को सफलतापछि शाहिद कपूरलाई ठूला प्रोजेक्टका फिल्मबाट अफर आइरहेको छ । यतिबेला उनी शंशाक खेतानले निर्देशन गर्ने फिल्म ‘यो-द्धा’ का कारण चर्चामा छन । उक्त फिल्म करण जोहरले निर्माण गर्ने भएका छन् ।

खबरका अनुसार फिल्मको शीर्ष भूमिकामा महिला कलाकारको खोजी भइरहेको थियो । अब त्यो पूरा भएको छ । फिल्ममा दिशा पटानीले अभिनय गर्ने फाइनल भएको बताइएको छ । ‘यो द्धा’ मा शीर्ष भूमिकामा शाहिद कपूरले पनि अभिनय गर्ने भएका छन् । फिल्ममा शाहिद र दिशाको जोडी देख्न सकिनेछ ।

पटानी सन् २०१३ मा इन्दौरमा ‘फेमिना मिस इन्डिया’ को उपविजेता पनि भएकी थिइन् । उनले ‘एमएस धोनी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्ममै उनले आफ्नो अभिनयको जादुले दर्शकको मनमा छाउन सफल भएकी थिइन् ।

त्यसअघि उनले मोडलिङ गरेकी थिइन् । त्यस्तै तेलुगू फिल्म ‘लोफर’मा पनि उनले खेलेकी छिन् । फिल्म ‘कुंग फु योगा’मा जैकी चैनको साथ स्क्रिन सेयर गरेको उनको तस्बिर कुनैबेला निकै भाइरल भएको थियो । बलिउडमा उनको सुन्दरता र फिगरको निकै चर्चा हुनेगर्छ ।

प्रकाशित मिति March 22, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।