बलिउडको चर्चित र शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छ । धर्माका प्रमुख हुन् करण जोहर ।
उनलाई बलिउडमा ‘नेपोटिज्म’लाई अगाडि बढाउन प्रमुख भूमिका खेल्ने गरेको आरोप लाग्दै आएको छ । केहि पहिला बलिउड नायका सुशान्त सिहं राजपुतको मृत्युपछि त झनै नेपोटज्मको बिषयले चर्चा पायो ।
सनायाले चलचित्र ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रुपमा काम गरिसकेकी थिइन् । उनले हालै मात्र एक वेव सिरिजमा पनि काम।
तर, पनि करणले स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेको छैन । अब, उनले एक स्टार किड्सलाई बलिउडमा डेब्यू गराउने तयारी गरेको छ । उनी हुन् नायक संजय कपुरकी छोरी सनाया कपुर । उनलाई करणले बलिउडमा डेब्यू गराउने तयारी गरेका छन् । यसको जानकारी करण जोहरले सामाजिक संजालबाट गरेका छन् ।
सनाया धर्मा कर्नरस्टोन एजेन्सीमा आवद्ध भैसकेकी छिन् । साथै, उनले जुलाई महिनाबाट छायांकन हुने नयाँ चलचित्रबाट बलिउडमा डेब्यू समेत गर्ने छिन् । सनायाले चलचित्र ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रुपमा काम गरिसकेकी थिइन् । उनले हालै मात्र एक वेव सिरिजमा पनि काम गरेकी थिइन् ।
बलिउडमा अनन्या पाण्डे, सुहाना खान र सनाया कपुर मिल्ने साथी मानिन्छन् । जसमध्ये अनन्याले यसअघि नै धर्मा प्रोडक्शनबाट चलचित्रमा काम गरिसकेकी छिन् । उनको अहिले बलिउडमा निकै राम्रो चर्चा छ ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।