यी हुन् मासुबाट भन्दा तेब्बर प्रोटिन पाइने ७ खानेकुरा

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे । उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् हेरौंः

देशी बदाम
यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु
काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता
पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम
१०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर
ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस
किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर
अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ । अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे ।

यो पनि- नफाल्नुहोस् मेवाको दाना, यस्ता छन् ८ फाइदा

फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मेवा पनि एक स्वस्थकर फल हो । मेवाको फल जस्तै यसभित्र हुने मेवाको दाना पनि उत्तिकै फाइदाजनक हुन्छ ।

धेरैजसो व्यक्तिहरु मेवा खाएर त्यसका दाना फाल्ने गर्छन् । तर यसको सेवनले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । मेवाको दानाले पेटमा हुने विभिन्न समस्यालाई कम गर्छ ।

कसरी खाने ?
– मेवाको दानालाई पिसेर जुस बनाएर पिउन सकिन्छ ।
– मेवाको दानालाई खाना सजाउन प्रयोग गर्न सकिन्छ
-मेवाको दानालाई सुकाएर पिसेर खान सकिन्छ ।

फाइदाः
– तौल कम गर्न -मेवाको दाना तौल कम गर्न फाइदाजनक हुन्छ । तौल कम गर्नका लागि मेवाको दानाको प्रयोग गर्न सकिन्छ । यसमा भारी मात्रा फाइबर पाइन्छ । यसले छिटो छिटो भोक लाग्दैन । भने पेट पनि लामो समयसम्म भरिरहन्छ ।

– भाइरलबाट बचाउँछ – मौसम परिवर्तन भइरहने कारण मानिसमा विभिन्न प्रकारका भाइरलहरुले सताउने गर्छ । मेवाको दानाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले शरीरमा हुने विभिन्न इन्फेक्शन र भाइरलबाट बचाउँछ ।

– पेट सफा गर्न – मेवाको दानामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले पेट र शरीरका विभिन्न अं-गहरुमा हुने विषाक्त पदार्थहरु बाहिर निकाल्छ । जसले पेट सफा गर्न मद्दत गर्छ । यदि पेटमा विभिन्न प्रकारका किराहरु परेमा यसले त्यस्ता किरालाई नाश गर्छ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।

– छाला सफा राख्न -मेवाको दानाले छालालाई सफा राख्न पनि मद्दत गर्छ । यसको दानालाई अनुहारमा लगाउन सकिन्छ जसले अनुहारमा हुने दागधब्बा, चाउरी आदिलाई कम गर्छ ।

— मांशपेशी बलियो बनाउन – मेवाको दानामा प्रोटिनको मात्रा धेरै हुन्छ । जो व्यक्ति जिम गएर मसल्स बनाउँछन् त्यस्ता व्यक्तिहरुले मेवाको दानाको सेवन गर्न आवश्यक छ । हरेक दिन मेवाको दानाको पाउडर खाँदा शरीरको आकार मिल्दै जान्छ ।

– मधुमेहको समस्या – मेवाको दाना मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ । मधुमेहको समस्यामा मेवाको दानाको सेवन गर्न आवश्यक छ ।

– कोलेस्ट्रोल सन्तुलनमा राख्न – मुटु स्वस्थ राख्नका लागि कोलेस्ट्रोल पनि सन्तुलनमा राख्न आवश्यक छ । त्यसैले मेवाको दानाको सेवनले कोलेस्ट्रोल सन्तुलनमा राख्न मद्दत मिल्नुका साथै मुटु पनि स्वस्थ रहन्छ ।

– मिर्गौला स्वस्थ राख्न – यदि तपाईं मिर्गौलाको कुनै पनि स-मस्याबाट चि-न्तित हुनुहुन्छ भने त्यसका लागि मेवाको दानाको सेवनले फाइदा पुर्याउँछ ।

प्रकाशित मिति March 19, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।