स्वर र सुन्दरता दुवैको धनी इन्दिरा जोशी, हेरौं १५ तस्विर

नेपाली साङ्गीतिक क्षेत्रमा निकै जमेकी चर्चित गायिका हुन् इन्दीरा जोशी । इन्दिराको जन्म बि. सं. २०४३ (जुलाई १८, १९८६) मा उनका बुवा-आमाको सात ओटा सन्तानहरू मध्ये उनी पाँचौँ सन्तानको रूपमा नवलपरासीमा भएको थियो।

गायनमा चर्चामा आइरहने इन्दीरा जोशीको स्वर निकै सुमधुर र निखारिएको छ । जति उनको स्वरको चर्चा हुन्छ त्यति नै उनको सौन्दर्यको पनि चर्चा हुने गर्छ । नेपाल आइडलको जज बनेदेखि पछिल्लो समय उनका फ्यानहरू निकै बढेका छन् । जब उनी स्टेजमा चढेर आफ्नो गीतमा घुल्न थाल्छिन् तब दर्शकको ध्यान उनी तर्फ हुन्छ ।

उनी गीत गएर मात्र होइन दर्शकलाई गीतसँगै नाचेर पनि मनोरञ्जन दिने गर्छिन् ।उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली लगायत थुप्रै गीत गाएकी छिन् । अहिले सम्म अविवाहित रहेकी इन्दीरा जहाँ जान्छिन् त्यहाँ उनका फ्यानहरूले घेरिहाल्छन् ।

उनका अहिले सम्मका धेरै गीतहरू हिट भएकाले नै होला उनका फ्यानहरू दिन प्रतिदिन बढिरहेका छन् । जति उनको स्वर सुमधुर र निखारिएको छ त्यति नै उनी सुन्दर छिन् ।

इन्दिरा जोशीले डोरेमी सङ्गीत एकेडेमीबाट सङ्गीत सिकेकी हुन् । उनलाई उनको सङ्गीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका रहेको छ।

उनी नेपाली तारा कार्यक्रममा पाँचौँ स्थानसम्म पुगेकी थिइन्। सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।

नेपाली साकिरा भनेर पनि चिनिने उनले बेलाबेलामा आफ्ना सुन्दर तस्बिरहरू सामाजिक सञ्जालमा शेयर गरिरहने गर्छिन् ।
हेर्नुहोस् उनका केही तस्बिरहरू

प्रकाशित मिति March 19, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।