आँचलको जन्मदिनमा उदिपले दिए यस्तो अमुल्य उपहार !

आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्रमा काम गरिसकेकी छिन् ।

आज तिनै आँचल शर्माको जन्मदिन रहेको छ । नायिका आँचल शर्मा आजबाट २५ बर्षमा लागेकी छिन् । सानै उमेरमा नै आँचलले धेरै चर्चा पाएकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् ।

उनलाई पति उदिप श्रेष्ठले जन्मदिनको शुभकामना दिएका छन् । आफुले उपहार स्वरुप माया रहेको भन्दै उदिप श्रेष्ठ सामाजिक सञ्जाल इन्टाग्राममा लेख्छन्, ‘म तिम्रो आँखाको त्यो चमक विर्सने छैन, जस्ले मलाई तिम्रो प्रेममा डुबायो । जन्मदिनको शुभकामना मेरी प्यारी म तिम्रो चमक र मुस्कान कहिले निभ्न दिने छैन ।’

आज आँचलको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो लागेको छ । सबैले उनलाई जन्मदिनको शुभकामना दिएका छन् । केहि दिनअघि आँचल र उदिपको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परोपकार समाज पुगेर सेवामा जुटेका थिए ।

प्रकाशित मिति March 18, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।