चन्द्र शर्माले कल्पना दाहाललाई स्टेजमै बेइज्जत गरेको भिडियो भाइरल

नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ सुरु हुने बित्तिकै विवादमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बेइज्जत गरेपछि यो विवादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढी आलोचना भएको छ ।

चन्द्र शर्माले चर्चित लोक दोहरी गायिका कल्पना दाहाललाई टिभी टिभीमा देखिने भाइरल साइरल वाली बहिनी हो भन्दै बेइज्जत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई यसरी बेइज्जत गरेपछि चन्द्रको सबैले आलोचना गरेका छन् ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी सो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलिभिजनले जनाएको थियो । दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।

कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति March 17, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।