पतिलाई खुशी पार्न प्रियंकाको ‘रातो परी’ अवतार (फोटो फिचर)

बलिउड अभिनेत्री प्रियंका चोपडाको चर्चा संसारभर हुन्छ । उनका नयाँ फोटोशूटका सुन्दर लूक्स सार्वजनिक गरेकी हुन्छिन् । उनी कहिले आफ्नो मेकअप, कहिले हेयर स्टाइल तथा पहिरनकाका कारण चर्चामा आइरहन्छिन् ।

उनले ग्लामर लुकको कारण कहिले ट्रोलको शिकार हुन्छिन् त कहिले माया र साथ पनि पाउँने गरेकी छिन् । अहिले उनले शेयर गरेको रातो पहिरनमा देखिएको परी अवतारले फ्यानहरुलाई मोहित बनाइरहेको छ ।

उनले उनको नयाँ गीति एल्बम ‘स्पेसमैन’ को लागि उक्त्त पहिरन लगाएकी हुन् । ‘द स्काई इज पिंक’ मा गुलाबी अवतारमा प्रस्तुत भएकी उनी अहिले रातो पहिरनमा देखिएकी हुन् । उनले पति निक जोनसलाई खुशी पार्न यो पहिरन लगाएको पनि खुलाएकी छिन् । उनका यी तस्बिर अहिले भाइरल बनिरहेका छन् । तस्बरमा उनी साच्चिका परि जस्तै देखिएकी छन् ।

हेराैँ उनका ती तस्बिर

प्रकाशित मिति March 16, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।