यी ४ राशिका व्यक्ति, जो एक्लै बस्न रूचाउछन्

मानिसहरु आ-आफ्नै साथी भाई र ईष्ट मीत्र हुन्छ । कोही मानिसहरु अन्य मानिससंग छिट्टै घुलमेल हुन्छन् । भने कोहि कम हुन्छन् । शास्त्र अनुसार कोहि मानिसहरको आ आफ्नै ग्रह र नक्षत्र हुन्छन् । त्यसैले ति ग्रह नक्षत्रले मानिसको कुण्डलीमा प्रभाव पर्छ । जसले मानिसहरुको जिवनमा समेत प्रभाव पारेको हुन्छ । यस्तै नक्षत्रको आधारमा नै हरेक मानिसको राशि फरक फरक हुने गर्छ ।

राशिकै आधारमा मानिसहरु कोहि अन्य मानिससंग घुलमेल हुन रुचाउछन् । भने कोहि मानिस एक्लै बस्न रुचाउछन् । त्यसैले हामी तपाईहरुलाई धेरैजसो एक्लै बस्न रुचाउने राशिको बारेमा जानकारी दिदैछाैँ ।

कर्कट राशि : कर्कट राशि भएका व्यक्तिहरुको थोरै साथी हुन्छन् र उनीहरुसँग नै बस्न मन पराउछन्। कोहि नचिनेको व्यक्ति यिनीहरुको नजिक आए भने यी राशि भएका व्यक्तिले अप्ठ्यारो महशुस गर्छन।

कन्या राशि : यी राशी भएका मानिस लजालु स्वभावका हुन्छन किनकि यो राशिमा ग्रह नक्षत्रको धेरै प्रभाब पर्छ । यिनीहरुलाई आफ्नै दुनियामा मस्त रहन मन पराउछन् । यी राशि भएका व्यक्तिलाई आफ्नो घर बाहेक अन्त बस्न मन पर्दैन ।

मकर राशि : मकर राशि भएका मानिसलाई एक्लै बस्न मनपर्छ। यी राशि भएका मानिस अरुसंग घुलमिल हुन त्यति रुचाउदैनन्। किन कि यी मानिसको स्वभाव लजालु हुन्छ। यी राशिका मानिस आफुले पहिलादेखि नै चिनेको व्यक्तिहरुसँग बस्न रुचाउछन्।

मिन राशि : एक्लै बस्नु यी राशी भएका व्यक्तिको सबै भन्दा ठुलो बल हो। यिनीहरु दिनमा पनि सपना देख्छन् र आफ्नै दुनियामा हराउछन्।

यो पनि – ज्योतिषविज्ञान भन्छ : यी महिना जन्मिने व्यक्ति करोडपति
ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो।

मङ्गलवार मङ्गलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। बिहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरूले तपाईँको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन्। त्यसैगरि कुनै पनि मानिसको जन्म महिनाको प्रभाव समेत उसको जीवनमा पर्ने गर्छ।

आज हामी तपाईँहरूलाई महिना अनुसार व्यक्तिको स्वभाव र भाग्यको बारेमा बताउन जाँदैछौँ।

वैशाखः वैशाख महिनामा जन्मिएका व्यक्तिहरू धनवान् ,राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका हुने गर्छन्। यस महिना जन्म भएकाहरू अरूसँग मित्रवत् व्यवहार गर्ने र कसैसँग कुनै दुस्मनी बनाउन नचाहने स्वभावका हुन्छन्।

जेष्ठः यस महिनामा जन्मिएका व्यक्तिहरू धेरै मेहनती र उत्तम बुद्धि भएका हुन्छन्। उनीहरू आफ्नो कडा परिश्रम र मेहनतको बाबजुद प्रशस्त सम्पत्ति आर्जन गर्न सक्छन्।

असारः असार महिनामा जन्मिएका व्यक्तिहरू निकै भाग्यमानी हुने गर्छन् र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न सफल हुनेछन्। यस महिना जन्मेकाहरूले थोरै मात्र सुख भोग गर्ने मौका पाउनेछन्।

साउनः साउन महिनामा जन्मेका व्यक्तिहरू धार्मिक कामहरूमा बढी रुचि राख्ने गर्छन्। उनीहरूको जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरू आफ्नो पार्टनरबाट भरपुर माया पाउने हुँदा जीवनभर सुखी र खुसी रहन सक्छन्।

भाद्रः भाद्र महिनामा जन्मेका महिलाहरूले व्यक्तिहरू निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन्। यो महिनामा जन्म लिएका व्यक्तिहरू मिठो बोली र सरल भएका हुन्छन्। कडा मेहनत र परिश्रमका बाबजुद यिनीहरूले प्रशस्त धन सञ्चित गर्न सक्छन्।

असोजः यस महिनामा जन्म भएका व्यक्तिहरू निकै सुन्दर ,पवित्र मन भएका र धनवान् हुने गर्छन्। यिनीहरू अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन्।
कार्तिकः यस महिनामा जन्मिने व्यक्तिहरू घमन्डी स्वभावका भए पनि निकै धनवान् र बुद्धिमानी हुने गर्छन्। यस महिना जन्म भएका मानिसहरू भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका हुन्छन्। यिनीहरू अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न सक्दैनन्।

मंसीरः मङ्सिर महिनामा जन्म हुने मानिसहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन्। उनीहरू झुट बोलेको सहन सक्दैनन्। यस महिनामा जन्मेका व्यक्तिहरूको मन धार्मिक काममा बढी जान्छ । यिनीहरू प्रशस्त धन आर्जन गर्न सफल हुन्छन् तर खर्च बढी गर्ने बानीका कारण त्यति धन सञ्चित गर्न भने सक्दैनन्।

पुषः यस महिनामा जन्मेका मानिसहरूको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ। उनीहरू आफ्नो कडा मेहनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल हुन्छन्। पुष महिनामा जन्म लिएका व्यक्तिहरूले सामाजिक कामबाट समेत ठुलो मान सम्मान पाउन सक्छन्।

माघः यस महिना जन्मिएका व्यक्तिहरूको मन निकै सफा हुने हुँदै अन्य कसैको नराम्रो सोच्दैनन्। यिनीहरू हँसिलो र जिद्दी स्वभावका हुन्छन्। माघ महिनामा जन्म भएका मानिसहरूलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त सम्पत्ति जोड्ने मौका मिल्नेछ।

फाल्गुण : फाल्गुण महिनामा जन्मेका मानिसहरू निकै दयावान्, धनवान् र विद्यावान् हुने गर्छन्। उनीहरू अन्य कसैको दुख देख्न नसक्ने हुँदा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्छन्। यस महिना जन्मेका व्यक्तिहरू अरूको दुखमा सधैंब साथ सहयोगका लागि अगाडी बढ्ने गर्छन्।

चैतः यस महिनामा जन्मेका व्यक्तिहरू पैसाको राम्रो बन्दोबस्त गर्न सक्ने हुँदा ठुलो मात्रामा धन सञ्चय गर्न सक्छन्। चैतमा जन्म भएका व्यक्तिहरूले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्‍याउन आवश्यक हुन्छ। यिनीहरू निकै रिसालु भए पनि अरूलाई दया गर्ने स्वभावका हुने गर्छन्।

प्रकाशित मिति March 12, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।