यी हुन् ‘सेक्सी’ देखिन नाइटोमा गहना झुण्डाउने नेपाली सुन्दरीहरू

शरीरका विभिन्न अंगमा छेडेर रिङ या अन्य गहना झुण्ड्याउनुलाई ‘पियरसिङ’ भनिन्छ, जुन फेसन अचेल नेपालमा पनि मौलाएको छ । खासगरी पेट, नाइटो, जिब्रो, ओठ र कानमा पियरसिङ गर्नेहरुको संख्या बढ्दै गएको छ ।

केही समय अघिसम्म नेपालमा ट्याटुको मात्र प्रचलन थियो । ठमेललगायत पर्यटकीय क्षेत्रमा जसै विदेशीहरुमाझ पियरसिङको माग बढ्दै गयो, नेपालीले पनि त्यसको सिको गर्न थाले ।

‘विदेशीहरु पियरसिङका लागि आएसँगै नेपालीमाझ पनि पियरसिङ गर्ने क्रम बढ्दो छ,’ विगत १४ वर्षदेखि यो पेसामा लागेका ठमेलस्थित ‘गगन ट्याटुज इन’का सञ्चालक गगन थापा भन्छन् – आँखीभौं, चिउँडो, निपल, गाला, जिब्रोलगायत अंगमा पियरसिङ गर्नेको संख्या ह्वात्तै बढेको छ ।

नाइटोमा गहना लगाउने चलन नेपालमा पनि बढेको छ । फिल्म अभिनेत्री, मोडल र कतिपय उच्च घरानिया परिवारका युवतीले पनि नाइटोमा गहना लगाउने गरेका छन् । यो आधुनिक युगमा नयाँ फेसन हुन थालेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, सुष्मा कार्की, डान्सर अाश्मा बिसी, मोडल सगुन शाहीलगायतले यसरी नाइटोमा गहना लगाउने गरेका छन् । त्यस्तै झण्डै १० बर्ष पहिला हिमानी शाहले पनि पियर्सिङ गरेको तस्बिर भाइरल नै बनेको थियो । जसको चर्चा अझैपनि हुनेगर्छ ।

बलिउडमा त निक्कै अभिनेत्रीले यसरी नाइटोमा गहना लगाउने गरेका छन् । खासगरी प्रियंका चोपरा, आयशा ताकियालगायतका अभिनेत्रीले बलिउडमा यसलाई ‘फेमस’ बनाए । यसरी नाइटोमा गहना लगाउने चलन अहिले फेसनका रूपमा अगाडी आए पनि यसको प्रचलन कुनै पश्चिमा मुलुकबाट होइन, अफ्रिकन मुस्लिम देशको मान्यताका हिसाबले आएको थियो ।

इजिप्टबाट नाइटोमा पियर्सिङ गर्ने चलन आएका थियो । महिलावादी भएको देखाउनका लागि यस्तो चलन स्थापित भएको थियो । तर यो अहिले फेसनका रूपमा नै अघि बढेको छ । इजिप्टीसियनहरू ठान्छन्– यस्तो काम गरे धर्तीमा लामो समयसम्म पनि बाँच्न सकिन्छ । इतिहासकालदेखि नै इजिप्टका यस्तो प्रयास भएको दाबी गरिएको थियो । सन् १९९३ मा लन्डनमा मोडल क्रिस्टी टुर्लिङ्टनले नाइटोमा पियर्सिङ गरेको पहिलो पटक सार्वजनिक गरेकी थिइन् ।

पियरसिङ गर्दा शरीरको कुनै भागमा प्वाल पारिन्छ । र, त्यसलाई गहना लगाउन योग्य बनाइन्छ । प्रायजसो पियरसिङ सामान्य सियो र बन्दुकको माध्यमबाट गरिन्छ । पियरसिङ गर्ने बन्दुकमै कानमा लगाउने टप जोडिएको हुन्छ । बन्दुकले कानमा दुलो पारेसँगै टप त्यहीं फिट हुन्छ । यस्तै, सियोद्वारा शरीरका विभिन्न अंगमा दुलो पारेर पनि पियरसिङ गरिन्छ । यो विधि खासै सुरक्षित नमानिए पनि नेपालमा यसकै चलन बढी छ ।

प्रकाशित मिति March 12, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।