आहा ! इन्टरनेट बिनाको त्यो बाल्यकाल, हेरौं भाईरल २५ तस्विर

आजकाल बालबालिले धेरै समय मोबाइलमा बिताएको पाइन्छ । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल ।

दिनभर मोबाइलको स्किनमा झुमिएको र एकोहोरो हेरिरहनाले कति केटाकेटीहरूमा आँखा सम्वधित समस्या तथा टाउको दुख्ने जस्ता रोगहरू पनि देखा

आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल बालबालिकामा लत बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । पहिलेका बालबालिका मैदानमा सडका खेल्थे शारिरिका ब्यायम हुन्थ्यो तर अहिलेका बालबालिकाहरु अनलाइन गेममा लामो समय बिताइरहेका हुन्छन् ।

अनलाइन गेमले गर्दा नै बालबालिकाहरू केहि नयाँ कुरामा केहि क्रियटिभ पनि भएका छन् तर धेरै बालबालिकाहरूमा यसको नकारात्मक असर परेको छ। दिनभर मोबाइलको स्किनमा झुमिएको र एकोहोरो हेरिरहनाले कति केटाकेटीहरूमा आँखा सम्वधित समस्या तथा टाउको दुख्ने जस्ता रोगहरू पनि देखा परेको पाइन्छ। भने बिस्तारै मानसिक स्वास्थ्य पनि बिग्रिरहेको छ ।

हालको अवस्थामा अनलाइन गेमको क्रेज निकै नै बढेको पाइन्छ। किनभने, हरेकको हातमा मोबाइल हुनु र उनिहरूले मनोरञ्जनात्मक रूपमा समय कटाउनको लागि यो एउटा हालको समयमा निकैै प्रभावकारी साधन तथा माध्यमको रूपमा सावित भएको छ।

दिनभर घरमा नै रहे पनि केटाकेटीहरू एकछिन फुर्सद भयो कि गेम खेल्न लाग्नु ले उनिहरूको भविष्य प्रति केही नकारात्मक परिवर्तन पर्न सक्छ कि भन्ने प्रश्न उठ्न थाले

यसको कारणले गर्दा विभिन्न कम्पनीहरूले गेमको लागि भनेर नै छुट्टै फिचरहरू भएको मोबाइलहरू पनि बजारमा ल्याउन थालिसकेका छन्। जसले गर्दा केटाकेटीहरूको लक्ष्य पनि थपिएको छ । भने पढाइ भन्दा मोवाइलमा ध्यान बढिरहेको छ ।

कतिपय अनलाइन गेमहरूको लागि आफ्नो छुट्टै अकाउन्ट् चाहिने गर्दछ। कतिले त यसको दशौं लेवल पारि गरि अकाउन्ट् बेच्ने गरेको पनि पाइन्छ। यसले केटाकेटीहरूमा त केही नयाँ नौलो उत्सुकता पैदा गरेको पाइन्छ । जसले गर्दा झन मोवाइलको लतमा फसिरहेका छन् ।

जसका कारण अभिभावकहरू निकै नै चिन्तित रहेको पाइन्छ। दिनभर घरमा नै रहे पनि केटाकेटीहरू एकछिन फुर्सद भयो कि गेम खेल्न लाग्नु ले उनिहरूको भविष्य प्रति केही नकारात्मक परिवर्तन पर्न सक्छ कि भन्ने प्रश्न उठ्न थालेको छ । अहिले सामाजिक सञ्जालमा इन्टरनेट बिनाको संसारका फोटाहरु भाइरल भइरहेका छन् । जसले केहि अघिसम्मका बाल्यकालका रमाइला अवस्थालाइ प्रष्ट देखाउछ ।

हेर्नुहोस् सामाजिक सञ्जालबाट साभार गरिएका तस्विरहरु

प्रकाशित मिति March 12, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।