जब जाह्नवीले गाडीभित्रै धमाधम ‘लुगा खोल्न’ थालिन्…. (भिडियो)

मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपुर सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी आफ्ना हरेक गतिविधिको तस्वीर सञ्जालमा राखिरहन्छिन् । हालैमात्र उनले केही तस्वीर इन्स्टाग्राममा पोस्ट गरिन् । तस्वीरमा उनलाई गाडी भित्र लुगा फेरिरहेको देख्न सकिन्छ ।

फिल्म ‘रुही’को प्रमोसनपछि हवाई उडानका लागि एयरपोर्ट गइरहेको अवस्थामा उनले गाडी भित्रै लुगा फेरेकी हुन् । उनले तस्वीरमा ‘रिल्याक्स डे’ भनेर क्याप्सन लेखेकी छन् । एक तस्वीरमा उनले कपडा फेर्नका लागि संघर्ष गरिरहेको देखिएको छ । उनको मुहारमा डर भन्दा पनि खुशी देखिन्छ ।

दुई तस्वीरमा उनले मिनी स्कर्ट लगाएकी छन् । तेस्रो तस्वीरमा चाहिँ मिनी स्कर्ट लगाउन गरेको संघर्ष प्रष्ट देखिन्छ ।उनका कैयौं
प्रशंसकले तस्वीरमा लाइक र कमेन्ट गरेका छन् । धेरैले उनको सुन्दरताको तारिफ गरिरहेका छन् ।


भिडियो हेर्न् तल क्लिक गर्नुहोस्

प्रकाशित मिति March 11, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।