नायिका सुहाना थापाको फिदा बनाउने फिगर, हेरौं २० तस्विर

चर्चित नायिका झरना थापा एक जमाना की नम्बर एक नै थिइन। उनले खेलेका धेरै जसो फिल्म हरू समग्र मा सफल नै मानिन्छ।

अहिले आएर उनले आफ्नी छोरी सुहानालाइ नेपाली चलचित्र छेत्रमा उतारेकी हुन साथै सफल नायिकाको रूपमा स्थापित गराइ सकेकी छिन्।

चलचित्र “ए मेरो हजुर ३” बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन सुहाना थापा। केही समयअघि झरना थापाको सुपुत्री भनेर परिचय पाएकी सुहाना अहिले भने नेपाली चलचित्रका लागि उदाउँदो नायिकाका रूपमा स्थापित भएकी छिन् ।

नायिका झरना थापाले आफ्नी छोरी सुहानालाई सामाजिक सञ्जाल फेसबुकमा गुडिया रानी भन्दै शुभकामना स्ट्याटस राखेकी थिइन। नायिका झरनाले अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भइरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराएकी थिइन् ।

उक्त चलचित्रमा अहिलेका जल्दा बल्दा नायक अनमोल के सी को साथ थियो र नायिका सुहानाले दर्शकबाट धेरै राम्रो प्रशंसा पाइन ।

उनको बारेमा थप जानकारी

सुहाना थापा नेपाली चलचित्र क्षेत्रकी नायिका हुन् । उनले २०७६ सालमा प्रदर्शनी भएको सफल चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा स्थापित भएकी थिइन् । उनी नेपाली चलचित्र क्षेत्रकै चर्चित तथा सफल नायिका तथा निर्मात्री झरना थापाकी छोरी हुन् ।

सुहाना थापाको जन्म सन् १९९६ मे ८ मा काठमाडौँमा भएको थियो । उनले आफ्नो अध्ययन संयुक्त राज्य अमेरिकामा गरेकी थिइन् । उनले व्यवस्थापन सङ्कायमा स्नातक गरेकी छिन् । उनको पारिवारिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन महत्त्वपूर्ण भूमिका खेलेको चर्चा हुने गर्दछ ।

सुहाना थापाले आफ्नो चलचित्र जीवनको सुरुवात ए मेरो हजुर ३ नामक नेपाली कथानक चलचित्रबाट गरेकी हुन् । उनले आफ्नो पहिलो चलचित्रमा अर्याको भूमिकामा अनमोल केसीसँग स्क्रिन सेयर गरेकी हुन् । उक्त चलचित्र सुहाना इन्टरटेन्टमेन्ट को ब्यानरमा निर्माणमा बनेको थियो ।

सुहानाले एउटा चलचित्र हिट हुँदैमा आफूले आफूलाई स्टार महसुस नगरेको समेत बताइन् । उनले, अझै पनि धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेकी छिन् । सुहानाको डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’ बक्स अफिसमा सुपर हिट भएको थियो ।

हेरौँ उनले सार्बजनिक गरेका सुन्दर तस्बिरहरू।

प्रकाशित मिति March 11, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।