विन्दास पूजा ‘ब्युटिफुल’ पूजा, हेरौँ ११ तस्बिर

पूजा शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पूजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । धेरै चलचित्रमा अभिनय गरे पनि फिल्म ‘प्रेम गीत’ उनको सफल चलचित्र हो ।

चलचित्र ‘पोइ पर्‍यो काले’ उनले २० लाख रुपैयाँमा अनुबन्धित भएर सर्वाधिक मंहगी नायिकाको भएको चर्चा पनि निकै चलेको थियो । उक्त फिल्ममा नायक आकाश श्रेष्ठ भने १८ लाखमा अनुबन्धित भएको बताइएको थियो ।

सामाजिक सञ्जालमा सक्रिय उनले दिनहुँ आकर्षक तस्बिर सार्वजनिक गर्दै आएकी छिन् । हालै उनले नायक आकाश श्रेष्ठसँग भिडियोमा काम गरेकी छन् । सो क्रममा पूजाले भनिन्–‘हामी एक अर्कासँग काम गर्न सहज महसुस गर्छौ । दर्शकले पनि हाम्रो जोडीलाई मन पराउनुभएको छ ।’पूजाले चलचित्रको काम सुरु भएपछि भिडियोमा काम नगर्ने पनि बताएकी छिन् । भने सामाजिक संजालमा उनको आकाश श्रेष्ठसँग प्रेमसम्बन्ध रहेको चर्चा चलिरहेको छ । भने सिनेजगतमा उनको निर्देशक सुदर्शन थापासँग प्रेम रहेको चर्चा छ ।

२०४९ साल वैशाख १८ गते सिन्धुपाल्चोकमा जन्मेकी उनको बाल्यकाल देखि नै सङ्घर्षपूर्ण भए । बुवाले छोराको चाहना राखेका र उनी छोरी भएर जन्मेका कारण पूजा र उनकी आमा दुर्गाले जीवनमा कहिल्यै परिवारबाट माया पाएनन् ।

श्रीमानबाट माया पाउन नसकेका कारण उनले छोरी पूजालाई भने राम्रो भविष्य दिने सोच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौँ आइन् । पूजाले जन्मेदेखि नै बुवाको माया पाउन सकिनन् । उनलाई आमा दुर्गाले नै आमा र बुबाको माया दिइन् । दुर्गाले पूजालाई कहिल्यै पनि बुवाको कमी महसुस हुन दिइनन् ।

आमाले पूजालाई काठमाडौँमा ल्याएर राम्रो विद्यालयमा भर्ना गरिन् । अनि आफूले निकै मेहनत गरेर पैसा कमाउन थालिन् । उनले छोरीलाई राम्रो भविष्य दिन निकै सङ्घर्ष गरेर पैसा कमाइन् । उनले एसएलसी पास गरेपछि पढाइसँगै एउटा एनजिओमा पनि काम गर्न थालिन् ।उनले आफ्नो जीवनमा एउटा मोड आएको थाहा पाइन् । उनलाई पढाई भन्दा पनि उनलाई अरू काममा रुचि लाग्थ्यो । नाच्ने र अभिनय गर्ने काम गर्न उनलाई मन पराउँथिन् ।

उच्च शिक्षा पढ्न क्यानडा गएकी उनी पढाइ पुरा नगर्दै फर्किइन् । उनले टुरिजम फिल्डमा लागेर पढ्न र काम गर्न थालिन् । पूजा सानै देखि सुगम पोखरेलको फ्यान थिइन् । पछि उनै सुगमलाई भेटेपछि अभिनय तर्फ उनको पहिलो पाइला अघि बढाइन् । तर त्यतीबेला उनलाई आफैले गरेको अभिनय भने त्यति मन पर्दैनथ्यो ।

म्युजिक भिडियोमा समेत काम गर्न लागेकी उनी केही समय पत्रकारितामा पनि लागिन् । त्यतीबेला उनलाई थ्री लभर्स चलचित्रमा काम गर्ने अफर आयो । उनले चलचित्रमा काम गरिन् तर कसैले उनलाई नोटिस गरेनन् । उनले आफूलाई सुनाए अनुसारको कथामा अभिनय गरेको दृश्य नदेखेपछि उनलाई फिल्म क्षेत्रबाट नै मन भाँचियो । तर अन्तत फिल्म ‘प्रेम गीत’ बाट उनी एकाएक चम्किइन् ।

प्रकाशित मिति March 9, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।