हरेक महिलाले ३० बर्ष अगावै लिनुस् यी १० कुराको अनुभव

सम्बन्धको बोझ र पारिवारिक जिम्मेवारीका कारण महिलालाई आफ्नो इच्छा अनुसारको जिन्दगी बाच्ने समय नै हुँदैन । यसैकारणले महिला अरुका लागि सपना सजाउँदा सजाउँदै आफू स्वंयको इच्छा खुम्चिन थाल्छ । जब स्वंयका लागि समय निस्कन्छ, तब उमेरको सीमा बाधक बनिदिन्छ ।

त्यसैले ३० वर्षको उमेरभन्दा पहिला हरेक महिलाले १० आवश्यक कुराको अनुभव लिनु आवश्यक छ ।

– डरमा नियन्त्रण

हरेक मानिसमा बाल्यावस्थादेखि नै कुनै कुराका लागि एक किसिमको डर भएको देखिन्छ । प्रायस् मानिस पानी, उचाई, गहिराईसंग डराउँछन् । प्रायस् मानिसलाई भूत– प्रेतको भ्रम हुन्छ । महिलाहरु प्रायस् साङ्ला, मुसा, माउसुलीसंग डराउँछन् । तर यसप्रकारको डरमा नियन्त्रण गर्नु आवश्यक छ । डरलाई नियन्त्रण गरेर खुलेर बाँच्ने कला सिक्नु पर्छ । यसो गर्दा मन भित्रबाट झन् धेरै आत्मविश्वासको सञ्चार हुन्छ ।

– कम्तिमा एउटा साँचो

यदि तपाईँले कुनै अफिसमा काम गरिसक्नु भएको छ र आफ्नो मेहनतले पैसा कमाउनु भएको छ भने तपाईंले त्यो पैसाबाट आफ्नो लागि केहि कुरा किन्नु उपयुक्त हुन्छ । तपाईं आफ्रले कमाउको पैसाले कुनै कार अथवा अपार्टमेन्ट किन्न सक्नु हुन्छ अथवा कुनै अन्य विशेष कुरा । यसो गर्दा तपाईं स्वंयमा गर्वको महसुस हुन्छ ।

-माया–प्रेम

जसरी शरीरलाई बाच्नका लागि पानी पिउन आवश्यक छ, त्यसरी नै आत्मालाई प्रेमको आवश्यकता हुन्छ । प्रेमबिना मानिसको जीवन अधुरो रहन्छ । यूवतीले विवाहभन्दा पहिला त्यस्ता हरेक कुरालाई खुलेर प्रेम गर्नु पर्छ, जसलाई उनी मन पराउँछिन् र जुन कुरा उनको जीवनको अंग रहेको छ ।

– साहासिक कुरा

जीवनमा केही रोमाञ्चक कुरा गर्नु पनि आवश्यक छ । यदि तपाईंले त्यस्ता कुराहरु गर्नका लागि चुनौति दिने र त्यसलाई निभाउनु भयो भने त्यसले तपाईंको उर्जालाई बढाइदिन्छ । जसले तपाईंको त्यो क्षण जीवनभरका लागि धेरै आनन्दमय हुन्छ ।

– विदेश यात्रा

आफ्नो देश बाहिरको संसार हेर्ने हरेक व्यक्तिको सपना हुन्छ । त्यहाँको रहनसहन र खानपानको आनन्द लिने सबैको इच्छा हुन्छ । विवाहपछि यूवतीलाई आफ्ना श्रीमान संग विदेश घुम्ने मौका त प्राप्त हुन सक्छ, तर यदि उनी विवाहभन्दा पहिला आफ्ना साथीभाईसंग अथवा एक्लै विदेश घुम्न जान्छिन् भने जीवनका लागि स्मरणीय क्षण बन्छ ।

– केही नयाँ सिक्न

सिक्नु जीवनको त्यो भाग हो, जसले तपाईंलाई सधैं पहिलाभन्दा उत्कृष्ट बनाउन सहयोग पुऱ्याउँछ । जीवनमा केही न केही सधैं सिक्नु पर्छ । यदि तपाईं ३० वर्षको उमेरमा कुनै रोचक कुरा सिक्नु हुन्छ भने जीवनभर तपाईंको व्यक्तित्वमा सुनमा सुगन्ध भरिदिन्छ ।

– आफ्नो शरीरसंग सहज हुनपर्छ
टिनएजमा तपाईं स्वंयलाई अरु भन्दा कम मूल्याकंन गरेता पनि ३० वर्षको उमेरभन्दा पहिला तपाईं आफ्नो शरीरप्रति सहज हुन अवश्य सिक्नु पर्छ । तपाईं जस्तो हुनुहुन्छ, त्यसरी नै आफुलाई सिंगार्नु पर्छ । तपाईंको जिन्दगी पहिला भन्दा सजिलो हुन्छ ।

आत्मसुरक्षा

आत्मनिर्भर हुनु आज सबैका लागि आवश्यक छ । तपाईं स्वंयलाई शारीरिक र मान-सिक रुपले बलियो बनाउन आवश्यक छ । तपाईं जूडो, कराते, योगा, प्राणायम जस्ता कुराहरुको अभ्यास गर्न सक्नु हुन्छ । यसले तपाईं स्वंयलाई धेरै सक्षम र पूर्णता महसुस गर्नु हुन्छ ।

-क्वालिटी समय बिताउनु
समय धेरै चाँडो बित्छ र एक पटक समय बितेपछि कहिले फर्किँदैन भन्ने कुरा सबैलाई थाहा नै छ । त्यसैले तपाईं एकपटक क्वालिटी समय बिताउनु आवश्यक छ । तपाईंले कामको प्राथमिकतालाई निधारण गर्नु पर्छ र समयलाई त्यसै खेर फाक्नु हुँदैन ।

– एउटा नयाँ भाषा सिक्नु
विभिन्न भाषाहरुको ज्ञानले तपाईंको व्यक्तित्वमा एउटा विशेष निखार ल्याउँछ । धेरै भाषा सिक्न सक्नु भयो भने तयो झनै महत्वपूर्ण बनिद्यिन्छ ।

यो पनि- थाहा छ ? यस कारण महिलाहरु पुरुषबाट टाढा भाग्छन्

केयर नगर्ने पुरुष:सबै महिलाहरूले केयर गर्ने पुरुष नै मन पराउने गर्दछ । पुरुषको केयरिङ गर्ने स्वभावले महिलालाई उनीहरूतर्फ आकर्षित गराउँछ । तर कुनै पुरुषले महिलाहरूको केयर गर्दैन् र बेवास्ता गर्दछ भने यस्ता पुरुषबाट महिलाहरू पनि टाढा रहने गर्दछ ।

आफ्नै तारिफ गर्ने पुरुष:
यस्तो पुरुष जसले आफ्नै तारिफ मात्र गर्ने गर्दछ, त्यस्ता पुरुषलाई महिलाहरूले फिटिक्कै मन पराउँदैनन्,यस कारण यस्ता पुरुषबाट टाढिने गर्छन् महिलाहरू ।

फ्लर्ट गर्ने पुरुष:
यदि पुरुषहरूले जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् भने यस्ता पुरुषबाट पनि महिला टाढा हुने गर्दछन् ।

सधैँ प्रश्न गर्ने पुरुष:
पुरुषले आफ्नी प्रेमिकालाई कति बजे गएको, कहाँ गएको र किन गएको जस्ता कुराहरूमा प्रतिबन्ध लगाउछ भने पनि महिलाहरुलाई त्यस्तो पुरुष मन पर्दैन।

पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष:
यदि कुनै पुरुषले आफ्नो प्रेमिकालाई उसको पुरुष मित्रसँग बोल्न दिदैन् र ईष्र्या गर्ने गर्दछन् भने त्यस्ता पुरुषको नजिक पनि हुन् चाहदैन् महिलाहरू।

प्रकाशित मिति March 8, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।