आहा ! कती क्युट मलिका, हेर्नुहोस् १५ तस्बिर

मोडल तथा नायिका मलिका महत फिल्ममा खेलेपनि खासै चर्चा हुन सकेन तर पछिल्लो समय भने खुबै चर्चामा छिन् । पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको छ ।

उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ । जहाँ पल र मलिकाको जोडी सुहाएको प्रतिक्रिया जनाइरहेका छन् ।

आफूलाई मन परे मात्र म्युजिक भिडियो या फिल्ममा काम गर्ने बताउने मलिका हालै ललितपुरको गोदावरीमा एक म्युजिक भिडियोमा अभिनय गर्दै गर्दा भेटिइन् । उक्त म्युजिक भिडियो केही समयमा रिलिज हुँदैछ । उक्त भिडियो छँयाकन सँगै चर्चा चुलिएको छ ।

म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको छ । मलिका ‘फुल बुट्टे सारी’पछि उनले टाढा भएपनी गीतले झनै चर्चा पायो । उक्त गीतले १५ दिनमै करोढ क्लबमा प्रवेश गर्यो । चर्चामा आएपछि उनले अन्य म्युजिक भिडियो तथा फिल्ममा समेत अफर चर्चा छ भने सो गीतमा नायक तथा मोडल पल शाहसंग काम गरेकाले उनीहरुको जोडी दर्शकहरुले निकै रूचाएका छन् ।

‘यात्रा’बाट आफ्नो चलचित्र यात्रा सुरु गरेकी नायिका हुन्, मलिका । यो चलचित्र बक्स अफिसमा असफल हुँदा मलिकालाई पनि खासै फाइदा भएन । उनको अभिनयको भने प्रशंसा नै भएको थियो । यसपछि, मलिकाले चलचित्र ‘पानी फोटो’मा काम गरिन् । यो चलचित्र पोष्ट प्रोडक्शनमा छ ।

पछिल्लो समय मलिकाको माग म्यूजिक भिडियोमा अत्याधिक बढेको छ । मलिकाले आफ्नो माग ह्वात्तै बढेपछि भिडियोमा अभिनय गरेको पारिश्रमिक पनि बढाएकी छिन् । उनले, हालै मात्र सार्वजनिक भएको ‘वर आउन माया’ बोलको गीतलाई १ लाख २० हजार पारिश्रमिक वुझेकी छिन् ।

उनको सुन्दरताले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । उनको शालीन स्वभावको पनि उत्तिकै तारिफ हुने गर्छ । हामीले यहाँ मलिकाका केहि सुन्दरत तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति March 8, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।