फ्यानलाई भुतुक्कै पार्ने रीमाको आफ्नै स्टाइल, हेर्नुहोस् १५ तस्बिर

मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रीमा अभिनयमा खासै जम्न सकिनन् । बरु उनी होस्टको रूपमा भने निकै चर्चित बनिन् । उनी खास गरेर ‘नेपाल आइडल’ को होस्ट बनेका कारण चर्चामा छिन् । रीमाले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने उनी म्युजिक भिडियोमा पनि देखिने गरेकी छन् ।

उनले ऋतु, भिसा गर्ल, भाले फाइट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । साथै उनलाई कोहलपुर एक्सप्रेसको एक गीतमा पनि देखिएको थियो । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् । उनले आफ्नो जीवनका प्रायः इभेन्टलाई सामाजिक सञ्जालमा शेयर गरेकी हुन्छन् ।

नायिका रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याएकी हुन् । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ ।’

रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि बताइन् । यस बिषयमा उनले भनिन्–‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो ।’

बिहे कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’ रीमाले बिहे गरेको २ बर्षमा उनको डिभोर्स भएको थियो ।

प्रकाशित मिति March 7, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।