स्वस्तिमा खड्काले ‘सार्क फिल्म फेस्टिबल’ मा जितिन् अवार्ड

पोखराः
श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको उल्लेख गरेकी छन ।

उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् । सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए । यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् ।

हेराैँ उनका केहि तस्बिरः

प्रकाशित मिति July 8, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।