यी हुन् ‘बन्दुककी रानी, जो भन्छिन्- महिलाहरु बन्दुक बोक्नुस्

दुई पटक ब ला त्कृ त भएकी एक युवतीले महिलाहरूलाई आफ्नो सुरक्षाको लागि हति यार बोक्न आग्रह गरेकी छिन् । ‘बन्दुककी रानी’ भनेर चिनिने २६ वर्षीया ओरिन जुलीले इजरायलमा चेतना जगाउन आफ्ना दुःखदायी अनुभवहरू खुलाएकी छिन् ।

उनी अनलाइन बन्दुक र यससम्बन्धी सामान बिक्री गर्ने पसल चलाउँछिन् । सरकारले नियमहरू खुकुलो बनाओस् र आफ्नो देशका धेरै महिलाहरूलाई कानुनी तवरमा आफ्नो सुरक्षाको लागि बन्दुक बोक्न अनुमति देओस् भन्ने उनी चाहन्छिन् ।

द सनमा प्रकाशित रिपोर्टअनुसार जुलीले आफू विगतमा निकै डरलाग्दो अनुभवबाट गुज्रिएपछि अरूलाई सहयोग गर्न आफू प्रेरित भएको बताइन्। उनले भनिन् ‘म आफ्नो जीवनमा दुई पटक ब ला त्का रको सि कार भएको छु, पहिलो पटक आठ वर्षको उमेरमा एक जना वृद्ध पुरुषले मलाई यौ न दु र्व्यव हार गरे। यसले मलाई यति धेरै असर गर्यो कि मैले आफ्नो सम्पूर्ण आत्मविश्वास गु-माएँ । वयस्कहरूप्रति म सधैं शंका गर्थें, तिनीहरूमाथि मेरो कुनै विश्वास थिएन।’

त्यसको केही वर्षपछि १५ बर्षको उमेरमा जुली फेरि सि कार भइन् । यसपटक उनी १८ बर्षका प्रेमीबाट ब ला त्का रको सि-कार भएकी थिइन् । उनले भनिन् ‘त्यसपछि म ऊबाट टाढिन सक्दो प्रयास गरें । म निराश भएँ र घरमै बसें । स्कूल जान निकै संघर्ष गर्नुपर्यो । यसले मेरो जीवनको हरेक पक्षलाई असर गरिरह्यो।’ किशोर उमेरकी उनी यति विचलित भइन् कि उनले उक्त कथित अप-राधबारे त्यतिबेला प्रहरीलाई रिपोर्ट गर्न पनि सकिनन्। वर्षौंपछि मात्र जुलीले परिवार र साथीहरूसँग यस आ-क्रमणबारे कुरा गर्न सकेकी थिइन् ।

त्यसपछि उनले थेरापीको सहयोग लिनुपर्यो जसले उनलाई सामान्य जीवनमा फर्किन धेरै सहयोग गर्यो । जुली १८ वर्षको उमेरमा इजरायल डिफेन्स फोर्समा भर्ती भइन् र अन्ततः उनले खोज तथा उद्धार एकाइमा तीन वर्षसम्म लडा-कू सिपाहीको रूपमा सेवा गरिन्। यहाँ उनले कसरी बन्दुक चलाएर आत्मरक्षा गर्ने भन्ने सिकिन् । उनले अत्यन्तै कठिन सैन्य प्रशिक्षण क्राभ मागा पनि लिइन् ।

जुलीले भनिन् ‘मलाई सामरिक प्रशिक्षण, हति यार र आत्मरक्षाप्रति मोह जाग्यो । मैले पहिलो पटक आफूलाई सशक्त महसुस गरें । मैले आफैंलाई आफ्नो रक्षकको रुपमा पाएँ । मैले आफ्नो आवाज पाएँ र अहिले सशक्त रुपमा बोल्न सक्ने भएकी छु । आईडीएफ छोडेपछि जुलीले आत्मरक्षाका कक्षाहरू चलाइरहेकी छिन् र महिलाहरूले कसरी आफ्नो सुरक्षा गर्न सिक्न सक्छन् भन्ने बारेमा जागरूकता बढाउन आफ्नो सामाजिक संजाल प्लेटफर्म पनि प्रयोग गर्छिन् । डिसी नेपालबाट

प्रकाशित मिति March 6, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।