आँचलले सारी लगाउँदा पेट ठुलो देखिएपछि…. (भिडियोसहित)

नाई नभन्नु ल ४ बाट नेपाली रजतपटमा प्रवेश गरेकि नायिका तथा मोडल आँचल शर्माले सुटिङका क्रममा सारि लगाउँदा पे-ट देखिने भन्दै ड-राएको भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । उनले एक म्युजिक भिडियोको सुटिङमा सारि लगाउँदा पेट देखिएको भन्दै गुनासो गरेकि छिन् । पहिलो चलचित्रनै सफल भएपछि उनले शत्रु गते र जोनि जेन्टलम्यान नामक चलचित्रमा अभिनय गरेकि छिन् ।

बिहेपछि झनै विन्दास शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् । आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्, ‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।’

आँचल मन खुशी भयो भने अनुहारमा चमकता आउने कुरामा विश्वास गर्छिन् । उनले भनिन्–‘सायद, बिहेपछि मेरो मन झनै खुशी भएको छ । उदिपजीको साथले मनमा उमंग ल्याएको छ । सायद, यही भएर नै मेरो अनुहारमा फ्यानहरुले चमकता देख्नुभएको हुनसक्छ ।’ नायिका शर्माले बिहेपछि आफू विन्दास पनि भएको बताइन् । भनिन्–‘पहिले पहिले भिडियो बनाउँदा पनि पहिरनमा म खुबै ख्याल गर्थेँ । अहिले, मन लागेको पहिरन लगाएर टिकटक बनाउँछु । कसैले केही भन्छ कि भन्ने ड-र नै छैन ।’

वास्तविक जीवनमा मिल्ने साथी हुन् पल शाह र आँचल शर्मा । अनि पर्दामा रुचाइएको जोडी। चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट एकसाथ रजतपटमा डेब्यु गरेका उनीहरूको सम्बन्धका बारेमा सुरुदेखी नै धेरै चर्चा हुँदै आएको छ । पहिलो चलचित्र छायांकनका क्रममै उनीहरूबीच लभ अफेयर सुरु भएको चर्चा चल्यो । जीवनमा कहिल्यै नसोचेको क्षेत्र, त्यो पनि स्थापित ब्यानरमा काम गर्ने अवसर पाउँदा आँचल जति उत्साहित थिइन् लभ अफेयरको प्रसंगले त्यत्तिकै आत्तिइन्। उनलाई के गरौं, कसो गरौं भयो। न कहिल्यै यसरी अरूसँग नाम जोडिएको थियो, न त प्रेमसम्बन्ध नै।

निर्देशक विकास आचार्यलाई फोन गरिन् । उनले ‘आ-त्तिनु पर्दैन। यस्ता चर्चा सामान्य हो’ भनेर सम्झाए। आँचललाई डर थियो घरपरिवारले के भन्लान् भन्ने। तर बुवाले ‘तिमी अब सेलिब्रेटी भइसक्यौ’ भनेर ढाडस पो दिए। त्यसपछि यस्ता चर्चा उनलाई सामान्य लाग्न थालेको छ । भिडियो मोडलिङबाट चलचित्रमा आएका पल र चलचित्रबाट भिडियो मोडलिङ सुरुगरेकी आँचल दुवैका फ्यान फलोइङ राम्रो छ।

पल पनि आँचलप्रति त्यतिकै सकारात्मक छन्। उनको मूल्यांकनमा आँचल केही समयमै ‘टप थ्री’मा पर्नसक्ने अभिनेत्री हुन् । जस्तो काम पनि गर्न सक्छु भन्ने आँट, मेहनत गर्ने बानी, समयप्रति सचेत अनि सहयोगी भावना पललाई मन पर्छ। तर अलि बचपन, जिद्दी स्वभावमा चाहिँ आँचलले सुधार गर्नुपर्ने उनको सुझाव छ ।

नायिका आँचल शर्माले गतबर्ष चलचित्र ‘झिंगे दाउ’मा काम गरिन् । यो चलचित्रको छायांकन सकिएपछि आँचलले बिहे गरेकी थिइन् । बिहे लगतै लकडाउन भएपछि करिब १० महिना चलचित्रको काम सुनसान नै बन्यो । तर, लकडाउन खुकुलो भएपछि कलाकारहरुले धमाधम चलचित्र साइन गरिरहेका थिए । नायिका शर्मालाई भने नयाँ चलचित्रको अफर गएको चर्चा छैन । बरु, उनी आफैले निर्माण गर्नेगरी निर्देशक मिलन चाम्सले नयाँ चलचित्र बनाउने चर्चा सुरु भयो ।

प्रकाशित मिति March 6, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।