पेशेवर नर्तकसँग नेताको डान्सको भिडियो बाहिरियो (भिडियोसहित)

एजेन्सी- अहिले एक भिडियो निकै नै भाइरल भइरहेको छ । भिडियोमा भारतको सत्तारुढ दलका नेतालाई देख्न सकिन्छ । भारतका एक नेताको बिवादस्पद भिडियो निकै नै भाइरल बनिरहेको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार भाइरल भइरहेको भिडियोमा भारतीय जनता पार्टी (भाजपा) का नेतालाई देख्न सकिन्छ ।

यो भिडियो राजस्थानका एक भाजपा नेताको हो । जसमा एक पुरुष एक कार्यक्रममा एक पेशेवर नर्तकसँग डान्स गरिरहेका छन् । यो भिडियो चित्तौडगढ जिल्लाको मंगरोल क्षेत्रमा एक विवाह समारोहको हो । त्यहाँ भाजपा नेता कैलाश गुर्जर एक महिलासँग नृत्य गरिरहेका थिए ।

समाचार अनुसार यो भिडियो २३ जनवरीको हो । तर अहिले पनि यो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कैलाश गुर्जरले आफु विवाह समारोहमा भाग लिन आफ्नो परिवारसहित गएको कुरा बताएका छन् । कसैलाई यो भिडियो बनाएर आफ्नो राजनैतिक छवि बिर्गान खोजेको उनको आरोप छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस्

प्रकाशित मिति March 5, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।