४५ बर्षमा शिल्पा शेट्टीका हट अवतारले पाए चाैतर्फी चर्चा [११ तस्विर]

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी ४५ बर्षकी भइन् । बुधबारबाट उनि ४५ वर्षमा प्रवेश गरेकी उनी एक सफल व्यवसायी पनि हुन । शिल्पाले बलिउडमा स्थान बनाउन निकै संघर्षका दिन भोगेकी छन् । सन् १९९३ मा रिलिज भएको हिन्दी फिल्म बाजीगरबाट अभिनय करियरको शुरुवात गरेकी हुन् ।

शाहरुख खान र काजोल अभिनित बाजीगर हिट भए पनि शिल्पाले उक्त फिल्मबाट खासै उकालो यात्रा पाउन सकिनन् । तर सन् १९९९ मा रिलिज भएको फिल्म शूलको एक गीत ’आई हूँयूपी बिहार लूटने’ मा गरेको अभिनय पश्चात उनले निके सफलता पाइन्।

उक्त आइटम नम्बरबाट शिल्पा शेट्टीको भाग्य नै बदलिएको थियो । त्यसैगरी सन् २००० मा रिलिज भएको फिल्म धड़कनमा शिल्पाको अभिनयलाई निकै स्रहाना मिल्यो । यस फिल्ममा उनले अक्षय कुमार र सुनिल शेट्टीका साथ काम गरेकि थिइन् । त्यसपछि खासै हिट फिल्ममा काम नगरेकि उनि पछिल्लो समय सन् २००८ मा दोस्ताना र सन् २०१४ मा रिलिज भएको ढिस्क्यिाऊमार्फत देखा परेकि थिइन् ।

त्यसयता टेलिभिजन रियालिटि शो र योगामा ब्यस्त् शिल्पा फिल्ममा देखिएकी छैनन् । तर अब फिल्म निकम्मा र हंगामामार्फत शिल्पा बलिउडमा पूनःफर्कने तयारीमा रहेको खबरहरू बाहिरिएका छन् । शिल्पाका श्रीमान राज कुन्द्रा व्यवसायि हुन् । हाल शिल्पा छोरा वियान र सरोगेसीमार्फत आएकि छोरीसंग पारिवारिक जीवनमा ब्यतित गरिरहेकी छन् ।

शिल्पा सधैं जवान देखिन्छन् । उनले अभिनय, नृत्य र आफ्नो पूर्ण व्यक्तित्वको साथ प्रशंसक, आलोचक र साथीहरूको वाहवाही पाउँने गरेकी छिन् । हालै उनका केही तस्विरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरिएको छ । जहाँ उनी निकै सुन्दर देखिएकी छन् ।

प्रकाशित मिति March 5, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।