‘हट एण्ड सेक्सी’ बनेर देखिइन् ‘काउलीबुढी’, हेर्नुहोस् १५ तस्बिर

चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले चर्चित छिन् । उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् । इन्स्टाग्राममा उनको फलोअर ११ हजार २ सय बढी छन् । जहाँ हालै मात्रै उनले आफ्ना केही नयाँ र तस्बिर अपलोड गरेकी छन् ।

चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा को लोकप्रियता लोभलाग्दो छ, उनी गायिका मात्र हैन कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार मध्य सन्ध्या नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् । चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् ।

नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् । सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा दर्जनाै लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् । कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।

सामाजिक संजालबाट लिएका उनका केहि सुन्दर तस्बिर हेराैँ

प्रकाशित मिति March 5, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।