बलिउडका यी फ्लप ५ नायिकाः कसरी बने रातारात अर्बाैको मालिक ?

बलिउडमा अभिनेत्रीको करियरको समयावधि कम हुन्छ। हरेक वर्ष थुप्रै अभिनेत्रीहरु आउँछन् र जान्छन्। यद्यपि केही अभिनेत्री हिट पनि साबित हुन्छन तर केही फ्लप भई विवाह गरी घर बसालेर बस्छन्। केहि अभिनेत्री फिल्ममा असफल भए पछि विवाह गरी ऐश आरामको जिन्दगीको बिताईरहेका छन्। उनीहरूले चलचित्र मार्फत भाग्य चम्काउन असफल भएता पनि अरबपतिसँग विवाह गरेर भाग्य चम्काएका छन् ।

आयशा टाकिया –

कुल कमाइ १० मिलियन डलर अभिनेत्री आयशा टाकियाको सुन्दरताको अझै फ्यानहरु दीवाना छन्। आयशाले आफ्नो फिल्मी करियरको सुरुवात सन् २००४ मा फिल्म ‘टार्जन द वन्डर कार’ बाट गरेकी थिईन। तर आयशाको झोलीमा ‘वान्टेड’ जस्तो एक मात्र हिट फिल्म पर्यो।

उनी अन्तिम पटक सन् २०११ मा रिलिज भएको फिल्म ‘मोड’ मा देखिएकी थिईन।आयशाले सन् २००९ मा प्रेमी फरहान आजमीसँग विवाह गरी घर बसालेकी हुन्। फरहान एक ठुलो बिजनेसम्यान हुन् र उनका थुप्रै होटेलहरु छन्।

अमृता अरोडा –

Amrita Arora hot pics

कुल कमाइ १२ मिलियन डलर:अभिनेत्री मलाइका अरोडाकी बहिनी अमृता अरोडाको पनि फिल्मी करियर त्यस्तो खास रहन सकेन। उनले अधिकांस फिल्महरुमा साइड रोल निभाएकी छिन्। उनले सन् २००२ मा फिल्म ‘अवारा पागल दिवाना’ बाट फिल्मी क्षेत्रमा कदम राखेकी थिईन। उनी अन्तिम पटक सन् २००७ मा प्रदर्शनीमा आएको फिल्म ‘राख’ मा देखा परेकी थिईन। अमृता सन् २००९ मा बिजनेसम्यान शकील लडकसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन।

सेलिना जेटली –

कुल कमाइ १५ मिलियन डलर: मिस इन्डियाको ताज पहिरन गर्न सफल भईसकेकी सुन्दर अभिनेत्री सेलिना जेटलीको बलिउड करियर न त लामो समय टिक्न सक्यो न त हिट नै भयो। उनले सन् २००३ मा फिल्म ‘जानशीन’ बाट बलिउडमा कदम राखेकी थिईन। त्यस पछि उनी २०११ मा फिल्म ‘थ्यांक यू’ मा अन्तिम पटक देखिईन। फिल्ममा असफलता हात लागे पछि उनले अस्ट्रियाको बिजनेसम्यान पिटर हागसँग विवाह गरिन्। पिटरका दुबई र सिंगापुरमा होटेलहरु छन्।

एषा देओल –

कुल कमाइ १७ मिलियन डलर:

बलिउडको चर्चित देओल परिवारको छोरी रहेकी एषाले बलिउडमा आफ्नो जादु खासै चलाउन सकिनन्। हेमा मालिनी र धर्मेन्द्रकी छोरी रहेकी एषाको बलिउड यात्रा खासै सुखद हुन सकेन। उनले सन् २०१२ मा व्यवसायी भारत तख्तानीसँग विवाह गरेकी थिइन्। अहिले एषा पतिलाई व्यवसायमा सहयोग गर्ने गर्छिन्।

किम शर्मा –

कुल कमाइ १० मिलियन डलर:
किम पछिल्लो पटक चलचित्र ‘मोहब्बतें’मा देखा परेकी थिइन्। किमको बलिउड यात्रा खासै राम्रो हुन सकेन। तर चलचित्रहरुमा फ्लप मात्रै हात लागे पनि विवाहको मामलामा भने उनलाई भाग्यले साथ दियो। उनले केन्याका धनाड्य अली पंजानीसँग विवाह गरिन्।

यो पनि – यी ४ राशि भएका व्यक्तिलाई भाग्यले नै धनी बन्न साथ दिन्छ

सम्पत्ति आर्जन गर्नका लागि मेहनत गर्नुको विकल्प छैन । कुनै काममा लगनशीलताका साथ लाग्दा धन आर्जन हुन्छ । कुनै नयाँ खालको काम वा त्यसलाई तपाईँले दिएको महत्त्वले तपाईँको कामबाट कमाइ हुने कुरा निर्धारण हुन्छ । तर हिन्दु धर्म शास्त्रका अनुसार धनी बन्न वा पैसा कमाउनका लागि व्यक्तिको भाग्यमा भर पर्छ ।तपाईँको भाग्य राम्रो छ भने तपाईँले सजिलै धन आर्जन गर्न सक्नुहुन्छ । तर यदि तपाईँको भाग्यमा छैन भने जति मिहेनत र लगनशिता भए पनि तपाइको काम बन्ने छैन ।

जन्म सयौँ, स्थानका आधारमा व्यक्तिको राशि, उसको कुण्डली तयार हुन्छ ।व्यक्तिको जन्म समय अनुसार उसमा ग्रहहरूको प्रभाव रहने गर्छ । ज्योतिष शास्त्र अनुसार केही राशि भएका व्यक्तिले सजिलै धन कमाउन सक्छन् ।१२ राशिमध्ये ४ राशिका व्यक्तिलाई उनीहरूको भाग्यले नै धनी बन्न साथ दिन्छ । यी ४ राशिका व्यक्तिले धेरै नै सम्पत्ति कमाउन सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

वृष राशि: वृष राशिका जातकमा सुन्दर र बिलासी सामान किन्ने शौक हुन्छ ।औसत ब्रान्डका सामग्री यी राशिका व्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका व्यक्ति स्वतः धेरै धन कमाउन लालायित हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका व्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनीहरूलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

वृश्चिक राशि: धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका व्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ ।ठुला घर, कार, व्यापार व्यवसाय प्रति उनीहरू लिप्त हुन्छन् । दृढ निश्चय भएका कारणले पनि सम्पत्ति कमाउने मामलामा वृश्चिक राशिका व्यक्ति आफै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।

कर्कट राशि: कर्कट राशिका जातकलाई धन, सम्पत्ति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका व्यक्ति अवसरका खोजीमा हुन्छन् । जहाँ उनीहरूको रहर पूरा गर्न राशि नै सारथि बनिदिन्छ ।कर्कट राशिलाई स्वभाव सन् धनी बनाउन उनीहरूको आकाङ्क्षा र भाग्य बलियो हुने गर्दछ । यी राशिका व्यक्ति जग्गाजमिनको कारोबारबाट चाडै धनी बन्ने गर्दछन् ।

सिंह राशि: सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौक हुन्छ । उनीहरू अन्य राशिका व्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनीहरूलाई सम्पत्तिको मामलामा राशिले पनि साथ दिने गर्दछ । महँगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनीहरूको सामान्यतया पूरा हुन्छ ।

प्रकाशित मिति March 5, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।