एक युवतीका दुई श्रीमानः दुबै युवक मिडियामा, खुल्यो अचम्मको रहस्य (भिडियोसहित)

काठमाडौ – एक जना युवतीले दुई पुरुषसंग एकै दिन कसरी विवाह गर्न सक्छ । सुसन तामागं उर्लावारी, राजु लिम्बुको जिवनमा यस्तै घटना भएको छ । उनीहरुकी श्रीमतीको नाम रिमा आले मगर हो । यो संयोग नाममा मात्र होइन ति युवती एउटै हुन् । उनीहरु दुवै जनाको विवाह दर्ता छ । अचम्म, विवाह दर्तामा मिति एकै दिन छ ।

विवाहपछि पैसा लिएपछि अचानक रिमा हराइन् । एक जना श्रीमान रिमालाई खोज्न थाले । यसरी हिड्दा उनले रिमाकै अर्का श्रीमानलाई पनि फेला पारे । अहिले रिमाका दुई श्रीमान संगै मिडियामा आएका छन् । दुई जनाले अनुसन्धान गर्दै जाँदा उनीहरुजस्तै अरु पनि रहेको थाहा पाएका छन् ।

विदेश जाने चाहनाले उनीहरुलाई यस्तो बनाएको हो । हगंकगं जाने भनेर रिमाले सुसनसंग एडभान्समा २५ लाख रुपैया लिएकी थिइन् । उनीसंग विवाह गरिन् अब म हगंकगं गएर अरु कागजपत्र बनाउँछु भनेर उनी गइन् । त्यस्तै अर्का युवक पनि विदेश जान चाहन्थे । उनलाई पनि रिमाले आफु हगंकगंको आइडि भएको र आफुलाई पनि लैजाने भनेर विवाह गरिन् । उनीसंग पनि त्यती नै पैसा लिइन् ।

यी दुवै युवकलाई रिमासंग भेट गराइदिएका हेम प्रसाद चेमजुगं हुन् । दुवै जनासंग यस्तो केटी म संग छ उ संग विवाह गरेर जाउ भनेर सल्लाह दिएको बताएका छन् । राजु लिम्बु पनि हगंहगं जाने भनेर ७० लाख रुपैयामा सम्झौता भयो । उनले एडभान्समा आधा पैसा दिए । ३० लाख आफुले दिएको बताएका छन् ।

अरू भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति March 4, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।