आफ्नै छोरीको यस्तो भिडियो पत्रकार सम्मेलनमा देखाउन ‘बिवस बने बाबु’ (भिडियोसहित)

स्थायी घर बर्दिया ठाकुरबाबा नगरपालिका–१ की वर्ष २२ की तुलसी तिमल्सिना बेपत्ता भएको भन्दै उनको परिवार मिडियामा आएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तुलसीका बुवा शिवराज तिमल्सेनाले आएर छोरी कहाँ छिन् ? भन्दै सत्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

परिवारका अनुसार गत साउन १७ गते तुल्सीलाई अछाम मंगलसेन नगरपालिका वडा नम्बर ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मंसिरमा पहिलो हप्ता भारतको पुनेमा लगेका थिए । भारतमा रहँदा तुल्सी आफ्नी आमासँग नियमित सम्पर्कमा थिईन् । भरतले तुलसीलाई पटक–पटक या-तना दिएको पनि उनीहरुको दाबी छ ।

फागुन ८ गते भरतले तुल्सीलाई पि-टेको र उक्त भिडिओ भरतले नै तुलसीका काकालाई पठाएको परिवारको भनाई छ । त्यसपछि त्यही फागुन ८ गतेदेखि नै तुल्सी सम्पर्कविहीन भएको उनिहरूको भनाइ छ । यताबाट परिवारले भरतलाई फोन गर्दा उसले तुलसी भागी भन्ने जवाफ दिएको पनि तुलसीका परिवारका सदस्यहरुले बताए ।

जवाफमा भरतले भारतमा खोज्छु भन्ने जवाफ दिएको तर, आफूहरुलाई उसको जवाफ चित्त नबुझेपछि प्रहरीमा उजुरी दिएको काका अर्जुनप्रसाद तिमल्सेनाले जानकारी दिए । उनले भने,‘हामीले नयाँ बानेश्वरमा किटानी जाहेरी दियाैँ । तर, प्रहरीले निवेदन लिन मानेनन् । फागुन १४ गते हामी अछाममा गयौं, त्यहाँ पनि किटानी जाहेरी लिएनन् । ठाडो निवेदन दिन भनियो ।’

कार्यक्रममा तुल्सीको काका कृष्ण तिमिल्सेना, बुवा शिवराज तिमल्सेना र अर्का काकाले अर्जुन प्रसाद तिमल्सेनाले अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्य, तथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति March 3, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।