१५ तस्विरमा हेर्नुहोस् नायिका सुरविना कार्कीका ‘हट एण्ड बोल्ड’ लुक्स

नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।

मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ । उनले, चलचित्र ‘लप्पन छप्पन २’ साइन…

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन् ।

नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् । मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ । उनले, चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् ।

चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन । यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन् ।

अभिनयमै केही गर्ने सोचले मुम्बई हानिएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तताइरहे

सुरविना कार्कीलाई नेपाली चलचित्र क्षेत्र फापेन । उनको अभिनयलाई दर्शकले उनका चलचित्रमा पत्याएनन् । त्यसपछि, अभिनयमै केही गर्ने सोचले मुम्बई हानिएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तताइरहेका हुन्छन् । हालै सुरविनाले एक एक्सन मुडको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

सुरविनाले तस्वीर पोष्ट गर्दै बलियो हुन चाहनुहुन्छ भने एक्लै एक्सन सिक्नुहोस् भन्ने सुझाव दिएकी छिन् ।

प्रकाशित मिति February 24, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।