गायक तथा गीतकार प्रकाश सपुतको ‘बोलमाया’ को प्रिक्वेल ‘गलबन्दी’ सार्वजनिक भएको छोटो समयमै चर्चाको शिखरमा छ । रोधीमा आधारित ‘गलबन्दी’लाई यूट्युबमा सार्वजनिक भएको चार दिनमा बीस लाखभन्दा बढी पटक हेरिएको छ ।
लोक कथालाई बुनेर निर्माण गरिएको यो गीतमा परम्परागत रोधी बस्ने प्रचलनलाई जस्ताको त्यस्तै उतारिएको छ । गीतमा प्रयोग गरिएका लोक बाजा, शब्द र लयले दर्शककको प्रशंसा पाएको छ।
प्रकाश सपुतको आफ्नै शब्द, लय र संगीत, निर्देशनमा तयार भएको यो गीतमा गायिका शान्ति श्री परियार र सपुत आफैंको स्वर रहेको छ भने भिडियोमा मोडल अञ्जली अधिकारीले सपूतलाई साथ दिएकी छन् ।
प्रकाशित मिति May 29, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।