यी १३ नेपाली सुन्दरीः जो प्रेममा पटक-पटक असफल भए

पहिलो प्रेमलाई सबैले स्मणीय प्रेम भन्ने गरेका छन् । प्रेमको फिलिङ पहिलो पटक अनुभूत गरिने भएकाले कहिल्यै भुल्न नसकिने हुन्छ ।

धेरै जसाे फष्ट लभ सफल हुदैँन् । तर, कसैकसैकाे पहिलो प्रेम सुखद् रहेको पाइन्छ । नेपाली फिल्मी क्षेत्रमा पनि त्यस्ताे देखिएकाे छ । नेपाली केहि यस्ता हिरोइनहरु छन्, जसले पहिलो प्रेम र त्यसपछिका प्रेममा असफलता प्राप्त गरे ।

मलिना जोशी

सन् २०११ की नेपाल सुन्दरी मलिना जोशीको पनि प्रेम-सम्बन्ध सफल हुन सकेन । ‘ऋतु’, ‘द वीनर’जस्ता फिल्ममा नायिका रहेकी मलिना र मोडल तथा नायक अनुपविक्रम शाहीबीच मलिना मिस नेपाल भएकै केही समयमै प्रेम स-म्बन्ध जोडिएको बताइन्छ ।

उनीहरुको प्रेम स-म्बन्ध टु-टेको छ । खासै चर्चामा नआएको यो जोडीको ब्रेक-अपका विषयमा एक कार्यक्रममा राखिएको जिज्ञाशामा मलिनाले आफूहरुबीच प्रेम नै नरहेको बताएकी थिइन ।

अनुपविक्रमले भने आफ्ना निकटकाहरुसँग मलिनासँग ब्रेक-अप भएको बताउँदैं आएका थिए । उनीहरुसँगै हिड्ने र सँगै घुम्ने गरेका तस्विरहरु पनि सामाजिक सञ्जालमा नछाएका होइनन् । अनुपविक्रम र मलिनाका आकर्षक सेल्फीहरु पनि मिडियामा देखिएका थिए । उनीहरुबीच प्रेम रहेको विषयमा आएका समाचारहरु न मलिनाले खण्डन गरिन न त अनुपले नै ।

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ पनि प्रेममा असफल हुने नेपाली हिरोइनमा पर्छिन् । उनको पहिलो प्रेम रेमनदास श्रेष्ठसँग रहेको कुरा सार्वजनिक भएको थियो । त्यो प्रेम सफल हुन सकेन ।

उनलाई कतिपयले सम्पन्न नायिकाका रुपमा पनि चिन्दैं आएका छन् । अभिनयमा समेत प्रखर मानिने यी नायिकाको प्रेम सम्बन्ध धनाढ्य म्यानपावर ब्यवसायी प्रेम घलेसँग जोडियो । प्रेम घलेसँगको प्रेम-सम्बन्ध टुंगिएको चर्चा जतिबेला आयो ठीक त्यहिबेला उनी स्टीभव दावा शेर्पाको प्रेमको परेको खबर सार्वजनिक भयो । नम्रतामाथि धनाढ्य प्रेमी बनाउने नायिकाको आ रोप समेत लाग्ने गरेको छ ।

सुष्मा कार्की

नायिका सुष्मा कार्की पनि प्रेममा असफल हुने नायिका हुन् । यी नायिका एक समय निरन शाहीसँग गहिरो प्रेममा थिइन । सार्वजनिक रुपमा पनि निरन र सुष्माको जोडीको निकै चर्चा हुने गरेको थियो । कतिसम्म भने निरनको प्रेममा प-गल प्रेमी बनेकी सुष्माले आफ्नो शरीरमा निरनको नामको ट्याटु समेत बनाएकी थिइन ।

तीन वर्ष प्रेम-सम्बन्धमा रहेको यो जोडी आपसमा वि-वाद बढेपछि २०७१ साउनमा एकअर्काबाट अलगिएको हो । सुष्माले निरनबाट ब्रेक-अप लिएकी हुन् । त्यसअघि उनको नाम निर्देशक सुदर्शन थापासँग पनि जोडिएको थियो । ।

निता ढुंगाना

पछिल्लो समयमा चकलेटी नायिका निता ढुंगाना र आमेष भण्डारीको जोडीलाई मिलेको जोडीको रुपमा परिचित थिए । आमेष र निताको ४ वर्ष लामो प्रेम सम्बन्ध दुई महिनाअघि झ-ट्का- आएको थियाे । चाडै विवाह बन्धनमा बाधिने घोषणा गरेको यी जोडीको सम्बन्ध राम्राे हुन सकेन ।

नीता र आमेषको जोडीबीच आपसी असमझदारी र शं-का कारण सम-बन्ध बि-ग्रेकाे हाे । उनीहरु दुवैले अभिनय गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’देखि उनीहरुको वि-वाद उत्कर्षमा पुगेको थियो । त्यही वि-वादका बढ्दैं गएपछि उनीहरु एकअर्कासँग छुट्टिएका छन् । नीताको हाल नायक तथा चर्चित ज्योतिष हरिहर अधिकारीसँग प्रेम चर्चा चलेको छ ।

नम्रता सापकोटा

नायिका नम्रता सापकोटा पनि प्रेममा वि-छोडको पी-डा झे-ल्ने नायिका पर्छिन । एक समय उनको सागर श्रेष्ठसँग गहिरो प्रेम थियो । यो जोडीको २ वर्षसम्म प्रेम सम्बन्ध २०७१ सालको भदौतिर ब्रेकपअमा टुंगिएको थियो । आपसमा विचार नमिलेपछि र वि-वाद बढ्दै गएपछि नम्रता र सागर अलग भएका हुन् ।

कतिसम्म भने नम्रताले प्रेमीसँगका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आफू सागरको प्रेममा पग्लिएको बताउँदैं आएकी थिइन ।

जेनिशा केसी :

कुनै समय विराज भट्टसँग नाम जोडिएर चर्चामा आएकी नायिका जेनिशा केसीको पनि ब्रेक-अप भएको छ । प्रेमसम्बन्धमा रहेकी यी नायिकाले आफ्नो ब्रेक-अप भएको बताएकी छिन् । एक अनलाइनसँगको कुराकानीमा उनले आफ्नो ब्रेक-अप भएको कुरा स्वीकार गर्दै विगतका पललाई नको-ट्याउन आग्रह गरिन् । ‘भो विगतका पलहरुलाई नको-ट्याउ,’ उनले भनिन् । उनका प्रेमी को थिए त्यो बिषयले भने खासै चर्चा पाएन ।

यी हुन प्रेम टु-टेका अरू कलकार –
रेखा थापा– सुदर्शन गौतम – अनमोल केसी– आना शर्मा
ऋचा शर्मा– विनय श्रेष्ठ – वर्षा शिवोकोटी– निराजन प्रधान

– सविन श्रेष्ठ– अनु शाह – सविन श्रेष्ठ– सगुन शाही ठकुरी
– सौगात मल्ल– सोनी केसी साम्राज्ञीराज्यलक्ष्मी शाह– मयंक खड्का
– साम्राज्ञीराज्यलक्ष्मी शाह देवांश जंगबहादुर राणा

प्रकाशित मिति February 24, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।