हिन्दी सिनेमाकी चर्चित अभिनेत्री हुन्- तमन्ना भाटिया । उनलाई बलिउडमा ‘टैमी और मिल्क ब्यूटी’ उपनामले पनि चिनिन्छ ।
उनले चलचित्र ‘चाँद सा रोशन चेहरा’ (२००५) बाट बलिउडमा डेब्यु गरेकी थिइन् भने उनले अभिनय गरेका चलचित्र आयन (२००९ ), पैय्या (२०१०), सुरा (२०१०), सिरथै (२०११), वीरम अनि तेलगु फिल्ममा १०० % लव (२०११), और राचा (२०१२), थडका (२०१३) सम्म आइ पुग्दा बक्सअफिसमा दमदार कलेक्सन गरेको थिइन् । २०१५ मा साउथका सुपरस्टार प्रभाससँग चलचित्र ‘बाहुबली’ मा उनी अवंतिकाको भूमिकामा देखिएकी थिइन् ।
यस चलचित्रले उनको चर्चा अझै चुलीमा पुर्यायो । उनी सुन्दरता, अभिनयसंगै एक्सन र कमेडी सबै कुरामा भरिपूर्ण अभिनेत्री हुन् । उनको सुन्दरतामा विश्वभरका लाखौँ युवाहरू लठ्ठ हुने गरेका छन् । उनी बेला-बेला सामाजिक सञ्जाल र विश्वभरका मिडियामा भाइरल भइरहेकी हुन्छिन् ।

Actress Tamanna Hot Pics
कहिले अवंतिकाको नामले, कहिले ‘टैमी और मिल्क ब्यूटी’को उपनामबाट, कहिले उनको सुन्दरता र गेट अपबाट त कहिले विराट कोहलीसँगको अफेयरका कारण भाइरल भइरहेकी हुन्छिन् ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।