झण्ड पाँच वर्षअघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् । तर त्यसपछि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् ।
उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्राममा उनको लाखौ फलोअर्स पनि छन् । उनले यस्तो सफलता एउटा तस्बिरका कारण प्राप्त गरिन् ।
घरको कोही पनि बच्चा स्कूल गएका छैनन् । उनको परिवारलाई खान नै धौ धौ थियो त्यसकारण उनले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन्
रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् ।
उनका बुवा फोहोर टिप्ने काम गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । उक्त घरको कोही पनि बच्चा स्कूल गएका छैनन् । उनको परिवारलाई खान नै धौ धौ थियो त्यसकारण उनले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन् ।
त्यति नै बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका थिए । उनले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।
क्यामराको एउटा क्लिक र अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो । १३ वर्षे ती किशोरी को तस्बिर संसारभर फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे ।
बादजाओ समुदायकी उनलाई ‘बादजाओ गर्ल’ उपनाम दिइयो । फिलिपिन्सका थुप्रै सुन्दरीले उनलाई गरिबीबाट बाहिर निस्कन सहयोग गरे ।
के भइरहेको छ भनेर राम्रोसँग थाहा नपाइकनै उनले विभिन्न स्थानमा अन्तर्वार्ता, विभिन्न ब्रान्डका लागि मोडलिङ
विभिन्न सेलिब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलिपिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्टरनेशनल फिलि पिन्स बियान्का गुइदोटी र २०१५ की मिस । अर्थ एन्जेलिया ओङ्गले रिटाको शरीर र अनुहारको बनावट मोडलको जस्तै भएको बताउँदै सोसल मिडियामा तारिफ गरे ।
के भइरहेको छ भनेर राम्रोसँग थाहा नपाइकनै उनले । विभिन्न स्थानमा अन्तर्वार्ता दिइरहेकी थिइन्, विभिन्न ब्रान्डका लागि मोडलिङ गरिरहेकी थिइन्, टिभी सिरिजमा स–सानो भूमिकामा देखिन थालेकी थिइन् ।
र अन्तर्राष्ट्रिय रियालिटी शो बिग ब्रदरमा कान्छ प्रतियोगीको रुपमा भित्रिएकी थिइन् । उनको यो चर्चाले उनलाई सोसल मिडियामा आफ्नो दर्शक बनाउन सहयोग गरेको थियो ।
यसमा देश–विदेशका विभिन्न व्यक्तित्व समावेश भए । तीमध्ये कतिले उनको परिवारलाई आर्थिक सहयोग पनि गरे ।
उनको जीवनमा परिबर्तन ल्याएका पुराना र नयाँ तस्विर प्रस्तुत गरेका छाैँ ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।