७ कक्षामा पढ्दा १ हजार रुपैयाँ दिएर दाजुभाइले घरमै लगे अनि…

जनकपुरधाम । लक्ष्मी १७ वर्षकी भइन्। हेर्दा लाग्दैन, कुनै समस्यामा परेकी छन् । तर उनको पी-डा कुनै पहाड भन्दा सानो छैन। फिल्मको कथामा जस्तै उनीसँग घोर अन्याय भएको छ।

जनकपुरदेखि करिब १८ किलोमिटरको दूरीमा पर्छ धनुषाधामको सरसा गाउँ। यही एउटा फुसको घरमा बस्छिन् उनी । घरमा अहिले भाउजू, आमा, बुवा र हजुरआमा पनि बस्छन्।

दुई वर्ष अगाडि उनी आमाले पत्थरीको अप्रेशन गराइन् । करिब २ महिना अस्पतालमै बिताउनु पर्याे । उनी आमासँगै बुवा पनि बसे-हेरचाह गर्न । उनका दाजु जनकपुरमा विद्युतका पोल गाड्थे । बिहे भएको थिएन ।

‘पहिलो दिन एक हजार रुपैयाँ दिएर ब ला त्कार गर्यो । त्यसपछि कहिले लुगा किनिदिन्छु त कहिले सरिफा र अनार दिन्छु भनेर ब ला त्कार

सबै आफ्नो काममा व्यस्त थिए । उनी एक्लै घरमा बस्थिन् । त्यही मौकामा छिमेकी (परोसी) भरतमान श्रेष्ठ र उनका दाइ राममान श्रेष्ठले पटक पटक उनलाई लोभ देखाएर ब ला त्का र गरे। त्यतिबेला लक्ष्मी गाउँकै सरकारी विद्यालयको कक्षा ७ मा पढ्दै थिइन्।

श्रेष्ठ र लक्ष्मीको घर टाँसिएको छ। श्रेष्ठ परिवार विगतका जमिन्दार हुन् । घरमा कोही नभएको मौका छोपेर कहिले भरतमान त कहिले राममान इशारा गर्दै लक्ष्मीलाई आफ्नो घर बोलाउँथे ।

कयौं दिन मुख थुनेर जव’र ज’स्ती गरे-पालैपालो । विगत सम्झिँदै लक्ष्मी भन्छिन्, ‘पहिलो दिन एक हजार रुपैयाँ दिएर ब ला त्कार गर्यो । त्यसपछि कहिले लुगा किनिदिन्छु त कहिले सरिफा र अनार दिन्छु भनेर ब ला त्कार गर्यो । मेरो घरको पछाडि ट्वाइलेट छ, ट्वाइलेट गर्न जाँदा इशारा गरेर बोलाउँथ्यो ।’

आमा-बुवासँग पनि कुनै बेला डराउँथिन् । जे सुर लाग्यो, त्यही गर्न थालिन् । आमा-बुवाले भूतप्रेत लागेको भन्दै कयौं धामीसँग देखाए । तर निको भएन

कलिलो उमेरमा पटक पटक ब ला त्कृत भएकी लक्ष्मी मा न सिक रो गी जस्तै भइन् । कसैलाई भने मा रिदिने ध’-म्कीका कारण ड’-रले उनी घरपरिवारमा घ’टनाबारे आफ्नो पी डा बताउन सकेकी थिइनन् ।

पटक पटक ज’वर-ज’स्ती गरेका कारण लक्ष्मी यस्तो हालतमा पुगेको भने । त्यसपछि आफूमाथि भएको अन्यायका बारे बुवालाई

आमा उपचार गराएर घर फर्के पनि छोरी माथि भइरहेको अन्यायबारे थाहा पाइनन् । २०७६ जेठ-असारमा लक्ष्मी रुन कराउन थाल्दै राति राति भाग्‍न खोज्थिन् । उनको दिमागले काम गर्नै छाडेको हुनुपर्छ । आमा-बुवासँग पनि कुनै बेला डराउँथिन् । जे सुर लाग्यो, त्यही गर्न थालिन् । आमा-बुवाले भू-तप्रेत लागेको भन्दै कयौं धामीसँग देखाए । तर निको भएन ।

त्यसपछि धेरैले भने, डाक्टरसँग चेकअप गराउन। बुवाले लक्ष्मीलाई लिएर २०७६ साउन दोस्रो साता विराटनगर पुगे । विराटनगरको नोबेल अस्पतालमा लक्ष्मीलाई डाक्टरसँग देखाए । लिएर गएको सबै ३० हजार रुपैयाँ खर्च सकिएपछि फिर्ता आए ।

डाक्टरले भनेअनुसारको औ-षधि महिनौंसम्म खुवाए तर ठीक भएन । पुनः लक्ष्मीलाई बुवाले धरान लिएर गए । त्यहाँका डाक्टरले पनि पटक पटक ज’वर-ज’स्ती गरेका कारण लक्ष्मी यस्तो हालतमा पुगेको भने । त्यसपछि आफूमाथि भएको अन्यायका बारे बुवालाई उनले बताइन् ।

डाक्टरले औषधि दिएर ठीक भइहाल्ने बचन दिए। अनि अस्पतालबाट घर फर्के। महिनौंसम्म लक्ष्मीलाई औषधि खुवाए आमा-बुवाले। अहिले पनि केही औषधि खाइरहेकी छन् उनी ।

सुरुमा राममान र भरतमानले आफुले केही नगरेको जिद्दी गरे । पछि भरतमानले गल्ती भएको भन्दै माफी मागे

विगतको भन्दा केही सुधार भएको छ । तर मान सिक रुपमा उनी पूरा तन्दुरुस्त छैनन् । ‘अस्पतालमा उनीमाथि भएको अन्याय सुनेपछि मेरो पनि दिमागले काम गर्न छोड्यो । आश्चर्य लाग्यो । जोमाथि आ-रोप लगाएको छ- उसलाई जहिल्यै मामा भन्थिन् उनी (लक्ष्मी)’ लक्ष्मीका बुवा भन्छन्, ‘ घर फर्किँदा न्याय पाउन प्रहरीमा उजु-री गर्ने सोचे पनि लकडाउनमा जनकपुर जान सकिनँ।’

गाउँमा समाजका अगुवाहरुलाई घटनाबारे लक्ष्मीका बुवाले बताएपछि सबैले एकपटक छलफल गर्न भने । भदौ १५ मा गाउँकै पिपल चौतारामा छलफल भयो । आरोपी राममान र भरतमानलाई पनि बोलाइयो ।

गाउँका करिब सयौं मानिस भेला भए । छलफल लामो समय चल्यो । सुरुमा राममान र भरतमानले आफुले केही नगरेको जिद्दी गरे । पछि भरतमानले ग-ल्ती भएको भन्दै माफी मागे ।

राममानले गल्ती स्वीकारेनन् । माफी माग्दैमा नछाड्ने भन्दै लक्ष्मीका बुवाले प्रहरीमा उजुरी गरेर का’रबा’ही गराउने अडान लिए ।

कार-बा’ही हुनुपर्ने अडान नछाडेपछि उनीमाथि राजनीतिक दबाब आउन थाल्यो । केहीले गाउँमै न्याय दिलाइदिने वाचा गरे। कतिले पैसा लिएर मिलापत्र गर्न भन्ने। तर लक्ष्मीका बुवा भदौ २२ मा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर प्रहरी प्रमुखलाई पीडा सुनाए ।

प्रहरीले उजुरी लिएर आउन सुझाए । उनी भदौ २३ मा भरतमान र राममानमाथि जव-रज-स्ती कर-णी स-न्धी जाहेरी लिएर पुगे । मु’द्दा फाँटले उनको उजुरी राख्यो ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश प्रसाद भट्टराईले घ’टनाबारे थाहा पाएपछि अनुसन्धान गरिरहेको बताए । किशोरीको मेडिकल गराएर आवश्यक अनुसन्धानका लागि फाइल ईलाका प्रहरी कार्यालय धनुषाधाम पठाएको उनले बताए ।

‘पी डित परिवारले कहिले के भन्छ। कहिले के। पी डित भनिएकी किशोरीको मा न-सिक अवस्था पनि ठीक छैन’, उनले भने, ‘हामीले अनुसन्धान गर्दैछौं। निचोडमा पुगेर के गर्न सकिन्छ भन्‍ने निर्णय लिन्छौं।’

यता, महिला अधिकारकर्मी गुञ्जा रायले प्रहरीले मु’द्दा दर्ता गर्न आलटाल गरिरहेको आ’रो-प लगाइन् । पी डक परिवारको दबाबका कारण प्रहरीले म-’द्दा दर्ता गर्न नचाहेको बताउँदै उनले मु’-द्दाको फाइल नै धनुषाधाम पठाएको बहाना गरिरहेको बताइन् ।

धनुषाधाम प्रहरीमा बुझ्दा जिल्लाले नै हेर्ने भन्दै पन्छिएको उनले बताइन् । ‘ब ला’त्का-र प्रयासमा त मु’द्दा चल्छ। अनी पटक पटक ललाइ फकाई ब ला -त्कार गरेको खुलिसकेको छ’, उनी भन्छिन्, ‘त्यही कारण किशोरीको मा नसि–क अवस्थासमेत गुमेको घ’टनामा मु’द्दा दर्ता गर्न किन आलटाल गर्नुपर्यो ? प्रहरीले निष्पक्ष रुपमा कारबाही अगाडी बढाउनुपर्छ।’ थाहाखबरमा समाचार छ ।

प्रकाशित मिति February 21, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।