चिसो पानीमा मस्ती गर्दै साम्राज्ञी र पुष्प (तस्बिरसहित)

फिल्म तिम्रो मेरो साथको छायांकन सम्पन्न भएको झन्डै एक हप्ता हुन लाग्यो । यतिबेला फिल्मकी अभिनेत्री साम्राज्ञी आरएल शाह छायांकनताका कैद गरिएका तस्विरहरुलाई आफ्नो सामाजिक संजालमा साझेदार गरिरहेकी छन् । यसै क्रममा उनले पुष्पका साथमा स्विमिङ पुलमा रमाईरहेको तस्वीरलाई सार्बजनिक गरेकी छन् ।

तस्विरमा दुबैजना एकअर्कासंग खुब मस्तिमा देखिन्छन् । फिल्मको म क्यामेरा ‘अन’ भएको ३३ दिनमा गएको शनिवार पोखरामा सम्पूर्ण छायांकन सकिएको हो । काठमाडौंपछि पोखरामा फिल्मको केही दृश्य खिचिएको थियो ।

निर्माता तथा निर्देशक रमेश एमके पौडेलले ‘रुद्रप्रिया र रज्जा रानी’ फिल्मको निर्माण गरिसकेका छन् । उनले ‘तिम्रो मेरो साथ’ बाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म निर्माणबाट बटुलेको अनुभवलाई आफूले निर्देशनमा खन्याएको उनि बताउछन् । फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन् । यो फिल्म नेपालभन्दा पहिला अमेरिका, अष्ट्रेलिया र बेलायतलगायतका देशहरूमा प्रदर्शन हुनेछन् ।

नेपालमा भने आउँदो वर्षको दशैं र तिहारको बीचमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । बोधी एचडि र आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्ममा पुष्प र साम्राज्ञीको अलावा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ ।

योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् ।

हेराैँ केहि सुन्दर तस्बिर

प्रकाशित मिति February 20, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।