भक्तपुर केन्द्र बनाएर राजधानीमा गयो ठुलो भूकम्प, मानिसहरू भागभाग

काठमाडौं-
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर १५ मिनेटको समयमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो ।
भूकम्प कति रेक्टर स्केलको हो भन्ने खुलेको छैन । शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो ।

लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।

उपत्यकामै केन्द्र भएकाले राजधानीमा ठूलो झड्का महसुस भएको थियो।

प्रकाशित मिति July 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।