यी ११ सुन्दरीसँग सलमानले रोमान्स गरे अनि धोका दिए [तस्बिरसहित]

५४ बर्षिय बलिउड अभिनेता सलमान खानको प्रेम चर्चा सदा भइरहन्छ । तर पनि उनि अझै अविवाहित छन् । उनि अझैसम्म अविवाहित भएपनि उनका जीवनमा भने धेरै युवती आए र गए ।

उनलाइ बलिउडमा कतिपयले ‘प्ले ब्वय’ त कतिपयले ‘धोके-बाज’ को उपमा दिएका छन् । कहिल्यै पनि उनले आफ्नो विवाहका लागि सोचेनन् या गर्न चाहेनन् तर प्रेम सम्बन्ध भने निरन्तर चलिरह्यो ।

सलमान खान यी ११ सुन्दरीसँग रोमान्स गरेर अन्तत धोका दिए ।

संगीता बिजलानी

संगीतालाइ सलमान खानको पहिलो गलफ्रेन्ड मानिन्छ । यी दुइको प्रेमसम्बन्ध हुदाँ सलमानभन्दा बढी संगीता लोकप्रिय थिइन् । उनी मोडल थिइन् र सलमान आफ्नो करियर बनाउने प्रयासमा थिए । दुवैले केही विज्ञापन साथै गरे । र, उनीहरूको मित्रता प्रेममा बदलियो ।

संगीताले सलमानसँग विवाह गर्न चाहिन् । तर, सलमान यसका लागि तयार भएनन् । ब्रेकअपपछि पनि सलमान र संगीता राम्रो साथी रहिरहे । संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरिन् ।

सोमी अली

कराचीमा जन्मिएकी सोमी अली बलिउड स्टार सलमान खानप्रति झुकाव राख्थिन् । १६ वर्षको उमेरमा उनी सलमानप्रति आकर्षित भएर मुम्बई आएकी थिइन् । विस्तारै दुवैले एकअर्कालाई चाहन थाले । सोमीलाई सलमानले निकै मन पराउँथे । आठ वर्षसम्म दुवैले डेट गरे । सोमी चाहन्थिन्, सलमानले उनीसँग विवाह गरुन् तर सलमानले बिवाह गर्न चाहेनन् । अन्तत उनी सलमानको नराम्रो बानीका कारण उनीबाट टाढा भइन् ।

ऐश्वर्या राय

संजयलीला भन्सालीले सलमान र ऐश्वर्यालाई लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे । यसको सुटिङका क्रममा सलमान र ऐश्वर्या एकअर्काको नजिक आए । उनी ऐश्वर्यामाथि अलि बढी नै अधिकार जमाउन थाले । रोकटोक गर्न थाले । ऐश्वर्या जो हिरोसँग चलचित्र गर्थिन् त्यहाँ सलमानले शं-का गर्थे ।

शाहरुख खानको चलचित्र ‘चलते चलते’ को सेटमा पुगेर उनले हंगामा गरे । सलमानले भनेर शाहरुखले ऐश्वर्यालाई चलचित्रबाट निकालि दिए । सलमानको व्यवहारले आजित भएर ऐश्वर्याले उनीसँगको सम्बन्ध तोडिदिइन् । सलमानलाई जब ग ल्तीको आभास भयो त्यतिबेलासम्म उनले ऐश्वर्यालाई गु-माइसकेका थिए ।

क्याटरिना केफ

क्याटरिनाले सलमानसँग उनले ‘मैने प्यार क्युँ किया’ गरिन् । सलमानको निकै नजिक रहेकी क्याटरिना उनको घरमा प्राय देखिन्थिन् । सलमान र क्याटरिनाको विवाहको मिति कयौँ पटक घोषणा भयो । तर, बिवाह भने हुन सकेन। सलमानसँग क्याटरिना विस्तारै विस्तारै टाढा भइन् । र, रणवीर कपुरको नजिक हुन पुगिन् । रणवीरसँग पनि ब्रेकअप भयो अहिले क्याटरिना र सलमान साथीका रूपमा सम्बन्ध छ ।

युलिया वन्तुर

रोमानियाकी युलिया वन्तुर सलमानसँग धेरै देखिएन् । उनिहरूले पनि पनि केहि समय डेट गरे यी युवतीसँग पनि सलमान खानको नाम जोडियो तर यो चर्चामै सिमित रह्यो ।

ज्याकलिन फर्नान्डेज

पछिल्लो समय उनि नायिका ज्याकलिन फर्नान्डेजसँग नजिकिएका छन् । ज्याकलिनसँग उनि प्रेम चर्चाले भारतिय मिडियामा राम्रै चर्चा पाएको छ ।

साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ।

प्रकाशित मिति February 19, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।