‘१० दिनमा मेरो बाबु मर्छ, सबै मिलेर बचाइदिनुहोस्’ भन्दै धरधरी रोइन् पिंकु (हेर्नुहोस् भिडियो)

गौरव पोदार जम्मा ९ बर्षका भए । उनी अहिले कक्षा २ मा अध्ययन गरीरहेका छन् । उनको मुटुमा प्वाल परेको छ । उनीको वास्तवीक घर भने भारतको बिहार राज्यमा पर्ने समस्तीपुर गाउँमा पर्छ । उनको परिवार भने लामो सयमदेखि नेपालमै बस्दै आएको छ । उनिहरूलाइ नेपाल नै प्यारो लाग्ने गर्छ ।

उनकी आमा पिङ्कु पोदारले छोराको ज्यान जोगाइदिन सबैसँग आह्वान गरेकी छन् । काठमाण्डौको तिलगंगामा उनको सानो तरकारी पसल छ । तरकारी पसलबाट हुने आम्दानीले घर खर्च मात्रै चल्ने भएकाले छोराको मुटुको उपचार गर्न उनलाई समस्या भएको छ ।

पिङ्कुका अनुसार गौरवको उपचारमा संलग्न भएका डाक्टरले १० दिन भित्र उनको मुटुको अप्रेसन गर्नुपर्ने बताएका छन् । उपचारको लागि चाहिने मोटो रकम भने आफुसँग नभएको भन्दै उनले सहयोग गरिदिन सबैसँग आह्वान गरेकी हुन् । उनले १० दिन भित्र मेरो छोराको अप्रेशन नगरे मृत्यु हुनसक्छ भन्दै बिलाैना गरेकी छन् ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति July 6, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।