यी ४ राशिका पुरुषले पाउछन् अप्सरा जस्तै श्रीमती

हरेक व्यक्तिका आ-आफ्नै चाहना हुन्छन्। त्यस्ता चाहनाहरु समय–समयमा प्रकट पनि हुन्छन् । प्राय: हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु।

तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस्। यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ। अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ।

तुला राशि– सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ। र त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन्।

तुला राशि भएका व्यक्ति धेरै समझदार हुन्छन्। यस्ता राशि भएका व्यक्तिको प्रमुख विशेषता हो कि यीनिहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन्।

कन्या राशि –कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ। यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ। जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन्।

कर्कट राशि शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन्। यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् ।

यस्तो राशि भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन्। कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् ।

साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन्। यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह गर्छन्।

मकर राशि मकर राशि भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन्। आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरुलाई विशेष ज्ञान हुन्छ। उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन्।

मकर राशि भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन्। जसकारण पनि केटीले यस्ता राशि भएका पुरुषलाई मन पराउँछन्।

यो पनि- ४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकले पाए घर गुरुदक्षिणा !

जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् ।

खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उनले भने, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।”

कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहेका कर्ण अहिलेसम्म डेरामा थिए । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उनमा खुसीको सीमा छैन । उनले भने, “यो उपहार मेरा लागि अमूल्य छ ।”

२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहेका कर्णले अवकाश लिए पनि उनलाई विद्यालयले भने छाडेन । पुनः उनलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो । आजीवन शिक्षण पेसा अवलम्बन गरेका कर्ण सरले अहिले विद्यालय त छोडे तर पूर्वविद्यार्थीको मनबाट भने उनी बाहिरिन सकेनन् ।

फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाए । पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

“जीवनभर अर्काको घरमा बसेर हामीलाई पढाउनुभयो तर जीवनको उत्तराद्र्धमा पनि अरूकै घरमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न घर बनाइदिएका हौँ”, उनले भने, “विद्यालय नजिकै कर्ण सरकी धर्मपत्नी बुद्धमावती देवीको नाममा सात धुर जग्गा रहेछ । हामीले यही जग्गामा पक्की घर बनाइदिएका हौँ ।”
आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति February 18, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।