बिश्वकै ‘हट एण्ड सेक्सी’ बस ड्राइभर (फोटो फिचर)

इङल्याण्डकी २४ वर्षकी एक महिला व्यवसायिक बस ड्राइभर हुन् । तर, आफ्नो सुन्दरताका कारण सामाजिक संजालमा निकै लोकप्रिय छिन् ।

जोडी फक्स नामकी यी महिलाका अनुसार बस चलाउनु उनको सपना हो र जब उनले टिकटकमा आफ्नो बस जीवन सेयर गरिन् त्यसपछि उनका फलोअरको संख्या निकै बढेको छ ।

जोडीका अनुसार उनले जब अघिल्लो काम छोडेकी थिइन् त्यसपछि उनलाई महसुस भयो कि उनलाई बस चलाउन निकै मन पर्छ । उनी सधैं बसमा ड्राइभरको छेउको सिटमा बस्थिन् र उनलाई बस चलाउन पनि निकै राम्रो लाग्थ्यो । बस चलाउनु उनको लागि सपना जस्तै हो । यद्यपि बस ड्राइभर बन्न उनले कैयौं परीक्षा दिनु परेको थियो ।

मिररको रिपोर्टअनुसार जोडीले २१ वर्षकी हुँदा बसको पछाडि विज्ञापन टाँसिएको देखेकी थिइन् त्यसपछि उनले ड्राइभरको जागिरको लागि आवेदन दिएकी थिइन् । उनी आफूले यो काम गरेर ड्राइभरको छवि बदल्न चाहन्छिन् । ड्राइभर पेसामा निकै कम महिला भएकोले ग्यारेजमा पनि आफ्ना निकै कम साथीहरु भएको उनी बताउँछिन् ।

प्रकाशित मिति February 18, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।