ब्रेकअपपछि ‘राजकुमारी’ अवतारमा देखिइन् साम्राज्ञी [फोटो फिचर]

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनका व्यस्त छन् । चलचित्रको छायांकन सुरु भएसँगै उनले दैनिक तस्वीर सार्वजनिक गरिरहेकी छिन् ।

लगातार चलचित्र असफल, नायक भूवन केसीसँगको विवाद, प्रेममा ब्रेकअपका कारण पनि उनी तनावमा थिइन् । तर, लकडाउनपछि चलचित्रको छायांकनमा फर्किन पाउँदा उनी उत्साहित देखिएकी छन् ।

उनै, साम्राज्ञीले सामाजिक संजालमा आफूलाई ‘राजकुमारी’ महशुश भैरहेको भन्दै तस्वीर सार्वजनिक गरेकी छिन् । साम्राज्ञीले सार्वजनिक गरेको तस्वीरमा उनी सेतो पहिरनमा छिन् । हालै मात्र प्रेमी देवांश राणासँग ब्रेकअप गरेकी उनी राजकुमारी अवतारमा देखिएकी हुन् ।

उक्त पहिरनमा विभिन्न पोजमा तस्वीर खिचाउँदै साम्राज्ञीले आफूलाई राजकुमारी भन्न खोजेकी छिन् । चलचित्र क्षेत्रमा आएसँगै स्टार नायिकाको रुपमा उनको चर्चा हुन थालेको थियो । तर, विवादस्पद बयान, असफल चलचित्र र विवादका कारण उनको क्रेज कमजोर हुँदै गएको अवस्थामा साम्राज्ञी आफ्नो क्रेज फर्काउने दौडमा पनि छिन् ।

प्रकाशित मिति February 18, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।