‘गोवा’ पुगेर ‘हट एण्ड सेक्सी’ बनेकी मुना गौचन, हेर्नुहोस १३ तस्विर

मुना गौचन एक उदाउदै गरेकी नेपाली मोडेल हुन् । सहायक पात्रको भूमिकामा समेत मुना गौचनले काम गरिसकेकी छन्। उनले चपली हाइट २ मा नै पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन्।

सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन्। उनि मिस इको इन्टरनेशनल २०१९ हुन् भने क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुने। उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन्।

उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो। उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन्। मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ।

‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन सामाजिक सञ्जालमा पनि उत्तकै सक्रिय रहने गर्छिन्। ‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन्।

‘एम एण्ड एस’ म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले ‘टिजीआईएफ फेसन विक २०१६’ मा पनि सहभागिता जनाएकी थिइन् । अन्य धेरै म्यागजिनको लागि कभर फोटोशुट गरिसकेकी मुनाले एनसेल को विज्ञापन मार्फत डेब्यु गरेकी थिइन् ।

त्यसपछि उनले ‘नेपाल आइस’ लगायत दर्जनौँ विज्ञापन खेलीसकेकी छन् भने भारतमा पनि ल्याक्मे, लोरियर, अमेजन लगायत विज्ञापनमा अभिनय गरेकी छन् । गएको मार्चमा उनी ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडियोमा पनि देखिएकी थिइन् ।

फर्किएलगत्तै उनले ‘आकाशै को’ भिडियोमा आबद्ध भएर कमब्याक गरिन् । हाल उनी केही विज्ञापन र केही फिल्म स्क्रिप्टहरु पनि पढिरहेकी छिन् ।

सामाजिक सञ्जालमा मुनाले निकै हट तस्वीरहरू शेयर गर्ने गर्छिन्। पछिल्लो समय उनले भारतको गोवाबाट केहि सुन्दर तस्बिर शेयर गरेकी छन् । जहाँ उनि सुन्तला रङको पहिरनमा निकै सुन्दर देखिएकी छन् ।

प्रकाशित मिति February 17, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।